काठमाडौं जेठ ३ गते । राष्ट्रिय क्रान्ति मुक्तिले मधेस तथा थरुहटको भेला बोलाएको छ।
तीन दिनसम्म चल्ने सो भेलामा नेताहरूलाई प्रशिक्षण दिनुको साथै आगामी संघर्ष तथा आन्दोलनको बारेमा संरचनागत छलफल हुने बताइएको छ।
आजदेखि सुरु भएको सो भेलामा तराई मधेशका २० वटै जिल्लाका शीर्ष नेताहरूको उपस्थिति रहेको क्रान्तिका नेता केशव झाले बताए उनका अनुसार भेलामा प्रशिक्षण दिनुको साथै आगामी कार्यक्रम को बारेमा पनि छलफल हुन्छ। र आन्दोलनको संरचनागत विषयमा पनि कुराकानी हुन्छ।
लोसपा नेपाल छाडेर राजेन्द्र महत्वले राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाइरहेका छन् सो अभियानबाट काठमाडौँ लगायत विभिन्न ठाउँमा प्रदर्शन समेत गरिसकेका छन्। नेता महतोले अभियानलाई पार्टीमा परिणत गर्ने विषयमा पनि छलफल चलाएका छन्।


तपाईको प्रतिक्रिया