Khadya Bibhag

मुलधारको पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन गरी फरक पार्टीमा लागेकाहरूलाई मूलधारमा फर्कन आह्वान गर्नुभएको छ । अध्यक्ष यादवले शुक्रवार एक विज्ञप्ति जारी गरी सो आह्वान गर्नुभएको हो ।

 

उहाँले जसपा नेपाल विभाजन गरी अशोक राई नेतृत्वको जसपामा लागेकाहरूलाई मूलधारमा फर्कन आह्वान गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्र लगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमबस फरक पार्टीमा जानु भएका साथीहरूलाई गलत बाटो छोडेर आफ्‌नो मूलधारको जनता समाजवादी पार्टी, नेपालमा फर्किन हुन हार्दिक आह्वान गर्दछौँ ।’

जसपा नेपाल विभाजन गरेर अशोक राईले जसपा पार्टी गठन गर्नुभएको छ । जसपा नेपालको केन्द्रीय समितिको बैठकले अशोक राइसहित सो पार्टीको केन्द्रीय समितिमा रहेका ३२ जनालाई केन्द्रीय समितिको बैठकबाट कारवाही उहाँले गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया