Khadya Bibhag

जसपा नेपालको महाधिवेशनलाई अमान्य घोषणा गर्न माग गर्दै दिएको निवेदन फिर्ता (निवेदनसहित)

काठमाडौँ असार १९ गते । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको महाधिवेशनलाई गैरकानुनी तथा अमान्य घोषित गरी पाउँ भनि निर्वाचन आयोगमा दिएको निवेदन जसपा नेपालका राजनीतिक समिति सदस्य कर्णबहादुर बुढामगरले फिर्ता लिनुभएको छ ।
असार १८ गते निर्वाचन आयुक्तलाई पत्र लेखेर सो निवेदन फिर्ता लिनुभएको हो । जेठ २८, २९ र ३० गते जनकपुरमा सम्पन्न महाधिवेशन वैधानिक नरहेको भन्दै त्यसलाई अमान्य घोषणा गर्न माग गर्दै असार ४ गते निर्वाचन आयोगमा निवेदन दर्ता गराउनु भएको थियो ।
नेता कर्ण आफू भ्रममा परी, सत्यतथ्य नबुझी अन्य निवेदकहरुसँग लहडमा परी निवेदन दिउको कारण सो निवेदन दावी फिर्ता गरि दिनु निर्वाचन आयोगमा निवेदन दर्ता गराउनु भएको छ ।

तपाईको प्रतिक्रिया