काठमांड़ौ साउन ५ गते । राष्ट्रिय एकता अभियान काठमाडौंले आज संघीय हिन्दू गणतन्त्र विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि एवं अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले देशका प्रमुख दलहरू मिलेर सरकार बनाउँदै संविधान संशोधनको कुरा उठाइरहेको अवस्थामा संविधान नेताहरूको कुर्सी स्वार्थका लागि नभई संविधान निर्माणको बेला जनताले दिएको सुझाव अनुसार संशोधन हुनुपर्ने बताउनु भएको छ । विशेष गरी, संविधान निर्माणको क्रममा जनताले संघीय हिन्दू गणतन्त्रको लागि दिएको सर्वाधिक सुझावलाई संविधानमा समावेश गर्नुपर्ने उहाँले जोड दिनुभया ।
यदि दलहरूले संविधान संशोधन गर्ने हो भने राष्ट्रिय एकता अभियानले देशभर जन जागरण अभियान चलाएर संघीय हिन्दू गणतन्त्र कायमको लागि दबाब सृजना गर्ने योजना बनाएको यादवले बताउनुभयो ।
कार्यक्रममा अभियानका वरिष्ठ नेता विपी यादवले सत्ता स्वार्थका लागि दुई विरोधी दल एक ठाउँमा आएको भन्दै, संविधान संशोधनमा समावेशीताको सिद्धान्तलाई अझ बलियो नगरे देशमा एकल जातीय व्यवस्था हाबी हुने र त्यसबाट हिन्दुत्वलाई नोक्सानी हुने बताउनुभयो । उहाँले राष्ट्रिय एकता अभियानले उठाएका मुद्दाहरू सशक्त हुँदै गएको र आन्दोलनलाई निष्कर्षसम्म पुर्याउन सशक्त बनाउनुपर्ने बताउनुभयो ।
युवा विभागका संयोजक दिवस पटेलले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र यदुवंशी, विद्यार्थी परिषदका महासचिव पप्पु यादव, काठमाडौं सम्पर्क समितिका संयोजक विनोद सिंह लगायतले पनि आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा दलित अभियन्ता राम कुमार पासवानको नेतृत्वमा १० जना राष्ट्रिय एकता अभियानमा विधिवत रूपमा प्रवेश गरेका छन्।
तपाईको प्रतिक्रिया