Khadya Bibhag

जसपा नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

काठमाडौँ साउन ४ गते । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ ।
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिदैछन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीले आधिकारीक निर्णय गरेको छैन, तर प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टी सकारात्मक रहेको बताउनुभयो ।
उहाँले भोली वा पर्सी संसदीय दलको बैठक बसेर यसको बारेमा आधिकारिक निर्णय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी यो सरकारलाई बाहिरबाट समर्थन गरेका छौं, विश्वासको मत पनि दिन्छौं तर पार्टीमा यसको आधिकारिक निर्णय हुन्छ ।’ वर्तमान गठबन्धनलाई जसपा नेपालले समर्थन गरेपनि प्रदेशदेखि संघसम्म सरकार बाहिरै रहेको छ ।
मधेश प्रदेशमा काँग्रेस–एमाले गठबन्धनबाट जनमत पार्टीको सरकार रहेको छ । त्यो सरकारलाई जसपा नेपालले समर्थन गरेको छैन । संघीय सरकारलाई समर्थन रहेको भनिए पनि संसदीय दलबाट यसको आधिकारिक निर्णय आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया