Khadya Bibhag

नेपालको नयाँ नक्सामा चीनको रणनीति

–केभी राजन
हामीले ७५ वर्षदेखि नेपालसँग बलियो सम्बन्ध बनाउनका लागि कोशिस गरिरहेका छौं । त्यो भन्दा पहिला अंग्रेजले नेपालमाथि कब्जा गरेर बसेको थियो । उसको नीति के थियो भने नेपालमा प्रजातन्त्र नरहोस्, विकास नहोस् भनि नेपाललाई विश्वसँग अलग राखेको थियो । विश्वका अन्य कुनै मुलुकसँग नेपालको सम्बन्ध थिएन । नेपालमा राणा थियो त्यसलाई अंग्रेजले सहयोग गरिरहेको थियो ।
ब्रिटिशहरुले सुरुदेखि नेपाल–भारतको बिचमा असमझदारी कायम गराउन चाहन्थ्यो । काठमाडौँका बैद्धिक व्यक्तित्वलाई उनीहरुले पटक पटक भन्थे कि भारतमाथि कहिले पनि विश्वास नगर्नु यिनले जुनसुकै बेला पनि धोका दिनसक्छ । जब हामी सन् १९४७ मा स्वतन्त्र भयौं, त्यसपछि हामीले नेपालको बारेमा सोच्न थाल्यौं । नेपालमा पनि डेमोक्रेशी आउनुपर्छ, त्यहाँका जनता पनि स्वतन्त्र हुनुपर्छ, त्यहाँ पनि विकास हुनुपर्छ र नेपालको आइसोलेसन समाप्त गर्नुपर्छ ।
सन् १९४७ सम्म नेपालमा राजाहरु राणाको अधिनमा थिए । राणाहरुले देश चलाई रहेका थिए । भारतका प्रधानमन्त्री पण्डित जवाहर नेहरुले नेपालमा राजालाई सक्रिय बनाउनुपर्छ, राजाको शासन त्यहाँ हुनुपर्छ भन्नुभएको थियो । त्यसपछि नेपालस्थित भारतीय दुतावासको सहयोगमा तत्कालिन राजा त्रिभुवनका सम्पूर्ण परिवारलाई भारत लगिएको थियो । त्यहाँ राजाले नेपालको राजनीतिक अवस्थाको बारेमा सम्पूर्ण जानकारी गराउनुभएको थियो ।
भारतले नेपालमा डेमोक्रेसी चाहेको थियो । नेपालका नेताहरुले भारतको स्वतन्त्रतालाई पनि साथ दिनुभएको थियो । कम्युनिष्ट पार्टीका नेता मनमोहन अधिकारीदेखि लिएर अन्य दलका नेताहरुले पनि साथ दिनुभएको थियो । त्यो स्वतन्त्रताका लडाईमा भारतीय नेताका साथ कतिपय नेपाली नेताहरु पनि जेल जानुभएको थियो । त्यही कारणले पण्डित नेहरुले नेपालमा डेमोक्रेसी चाहनु भएको थियो ।
तबसम्म चीनको समस्या सुरु भइसकेको थियो । चीनले तिब्बतमाथि कब्जा गरिसकेको थियो । चीनको नजर नेपाल, अरुणाञ्चल र भुटानमाथि पनि थियो । नेपालमा डेमोक्रेसी ल्याउने भारतको जुन योजना थियो, त्यसमा केही संशोधन गर्यो । नेपाल स्वतन्त्रता चाहन्थ्यो तर हामीले उसको क्याविनेटमा बस्यौं । त्यहाँ सल्लाह दिन्थ्यौं । नेपालमा रहेका भारतका राजदुतले राणा प्रधानमन्त्रीसँग १९५० सन्धीमा हस्ताक्षर गरेको थियो । भारतमा रहेका नेपालीलाई केही सेवाबाहेक भारतीय सरह मान्यता दियो ।
त्यतिबेला नेपालीको मनमा एउटा कुरा आएको थियो कि सन्धीमा भारतका राजदुत र नेपालका प्रधानमन्त्रीले हस्ताक्षर गरेका छन् । नेपालको प्रधानमन्त्रीसँग भारतको प्रधानमन्त्रीले हस्ताक्षर गर्नुपथ्र्यो । त्यतिबेला यस्ता यस्ता मिसअन्डरस्ट्याण्डिङहरु भइरहेका थिए । तर त्यसलाई हामीले एभ्वाइड गरिरहेका थियौं । बेलाबेलामा नेपालमा एन्टी इण्डियणिज्म देखिन्छन् । र, फेरि त्यही प्रोइण्डियन भइदिन्छन् ।
७५ वर्षपछि पनि नेपालमा डेमोक्रेसी राम्रोसँग आएको छैन । अहिले पनि त्यसको व्यवस्थापनमै लागेको देखिन्छ । ७५ वर्षपछि त्यहाँ विकास त भएको छ तर जति हुनुपर्ने त्यति भएको छैन । नेपाल यस्तो ठाउँ जो दक्षिण एसियामै सबभन्दा बढी विकसित हुनुपथ्र्यो, व्यवस्थित हुनुपग्थ्यो तर भएन अझै नेपाल गरिब देश नै हो । नेपालमा हामीले नै राजा ल्याएका थियौं तर पछि सोच्यौं राजाको शासन राम्रो होइन । देशबाट राजा हटे, त्यसमा भारतको पनि हात थियो ।
हाम्रो लागि महत्वपूर्ण कुरा, चीनको मामिलामा नेपाल हाम्रो साथमा रहोस् । चीनका लागि हिमाल एउटा सुरक्षित बोर्डरको काम गरोस् । तर नेपालले पछिल्लो समय चीनतर्फ हेर्न थालेको छ । नेपालले चीनको कार्ड खेलिरहेको हुन्छ । चीन पनि नेपालमा आफ्नो डेरा जमाइ सकेको छ । उसले पनि त्यहाँ (नेपाल) आएर ठूलो ठूलो स्वरमा कुरा गर्न थालेको छ । चीनले नेपाललाई भारतमाथि विश्वास नगर्न भनिरहेको छ । कहिले काहीको अवस्था हेर्दा त लाग्छ नेपालीले पनि चीनलाई मानिरहेका छन् ।
नेपालले एउटा नक्सा (लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित) पारित गरेको छ । त्यसका लागि सबै पार्टीले मतदान गरेका छन् । अब त्यो नक्सालाई एक सयको नोटमा छाप्ने निर्णय पनि नेपाल सरकारले गरिसकेको छ । जब कि नेपालले पहिला त्यसमा कहिले केही दावी गरेको थिएन । धेरै पहिलादेखि त्यो ठाउँ भारतको अधिनमा रहेको छ तर अहिले आएर नेपालले त्यो ठाउँ हाम्रो हो भनि दावी गर्न थालेका छन् ।
यसले दुई देश बिचको सम्बन्धमा असर गरेको छ र यो असर लामैसम्म रहन्छ । पछि पनि कुनै नेपालीले सय रुपियाँको नोट हेर्छन् भने उसले अवश्य भन्छन् कि भारत हाम्रो भूमीमा बसेको छ, हाम्रो भूमी कब्जा गरेको छ । यो धेरै नै खतराको संकेत हो । र, यसमा चीनको रणनीति धेरै नै स्पष्ट छ । यो होइन कि चीन नेपालमा तिब्बतलाई लिएर मात्र चिन्तित छ र तिब्बतकै कारण नेपाललाई हेर्न चाहेको छ । आफ्नो गहिरो रणनीतिका कारण उसले नेपाललाई प्रयोग गर्न चाहेको छ । यसको मतलब भारतको विरुद्धमा जुन विदेश शक्तिहरु छन् त्यसले नेपाललाई प्रयोग गर्न सक्छ र गरि पनि रहेका छन् ।
नेपालमा यसअघि पनि भारतको विरुद्ध थुप्रै गतिविधिहरु भएका थिए । हवाइ जहाज अपहरणदेखि लिएर सीमा वारपारका समस्या, आतङवादी घुसपैठ जस्ता कुराहरु नेपालबाट नै भएको थियो । अब भारत पनि नेपालको बारेमा गम्भीर हुन जरुरी छ । गम्भीर रुपमा अध्ययन गरेर नेपालमा के भइरहेको छ त्यसलाई फाइण्ड आउट गर्नुपर्छ । नेपाल भारतको यति नजिक हो कि हामी सोच्न बाध्य भएका छौं कि नेपालमा यो के भइरहेको छ । भारतले पनि बुझ्पर्छ कि नेपालको तर्फबाट पनि खतरा हुनसक्छ । त्यसले बेटीरोटीको सम्बन्धमाथि पनि खतरा हुनसक्छ ।
पुरै विश्वमा नेपाल र भारत जस्तो सम्बन्ध कही पनि छैन । नेपाल भारतको यति नजिक छ कि उसले हाम्रै जस्तो सोचिरहेका छन् । हामी पनि नेपाल जाँदा त्यहाँ आफ्नै परिवारका सदस्यलाई भेट्न आएको जस्तो फिल हुन्छ । यस्तो सम्बन्ध अरु कुनै देशसँग छैन । र, यो सम्बन्ध अहिले खतरामा छ ।
राणाको समयमा नेपाल निकै पिछडिएको देश थियो । केही विकास भएको थिएन । बेलायतलगायत अन्य ठाउँबाट समानहरु नेपालको काठमाडौँ लग्नका लागि सीमा क्षेत्रसम्म आइसकेपछि त्यसलाई नेपाली कामदारहरुले काँधमा बोकेर काठमाडौँ पुर्याउथे । काठमाडौमा न एयरपोर्ट थियो, न बाटो थियो, न अस्पताल न स्कूल, न पोस्टअफिस थिए ।
पहिलो पोस्ट अफिस भारतीय दुतावासभित्र बनेको थियो । पहिलो एयरपोर्ट हामीले नै बनायौं, पहिलो अस्पताल, पहिलो विश्व विद्यालय हामीले नै बनाएका थियौं । राजा त्रिभुवनले पनि त्यतिबेला धेरै गर्न चाहनु भएको थियो तर उहाँले गर्न पाइरहनु भएको थिएन । त्रिभुवनले नेपाललाई भारतमा मिलाउन चाहेको कुरा अनौपचारिक रुपमा राखेको कुरा बाहिर आएको थियो । त्यतिबेला तर त्यो त्यति गम्भीर विषय थिएन । त्यतिबेला भारतमा पनि समस्या चलिरहेको थियो ।
नेपाल कहिले कसैको गुलाम भएन, जहिले स्वतन्त्र राष्ट्रको रुपमा रह्यो र यसमा नेपालीहरुले गर्व गर्छन् । हामी पनि चाहन्छौं कि नेपाल एउटा स्वतन्त्र राष्ट्र नै रहोस् । चीन र भारतको बिचमा एउटा बफर स्टेटको रुपमा रहोस् । तर त्यसमा पनि कण्डिशनहरु छन् । नेपालले तेस्रो देशबाट हातहतियार ल्याउन पाउँदैन, तेस्रो मुलुकबाट बुक पनि ल्याउन पाउँदैन । तर नेपालले यी कुराहरु मान्न तयार छैन । हामीले पनि यी कुराहरुको एभ्वाइड गर्दै आइरहेका छौं ।
एक समयमा हामी टु पिलरलाई सपोर्ट गरिरहेका थियौं । एकातिर राजालाई सपोर्ट गरिरहेका थियौं भने अर्कोतिर राजनीतिक दललाई पनि सपोर्ट गरिरहेका थियौं । त्यतिबेला नेपालसँग राम्रो सम्बन्ध थियो । हामी सबैलाई साथमा लिएर अगाडि बढी रहेका थियौं । त्यति नै बेला दरबार हत्याकाण्ड भयो । ज्ञानेन्द्र राजाको रुपमा आएपछि माओवादीलाई मन पराइ रहेको थिएन । हामी पनि राजा भएपछि भारतलाई खतरा हुन्छ भनि सोचिरहेका थियौं । तत्कालिन विदेश मन्त्रीले पत्रकार सम्मेलनमा पनि यो टु पिलर पोल्टिक्सलाई निरन्तरता दिन सक्दैनौं । नेपालीले जे चाहन्छन् त्यही हुन्छ । नेपाली जनताले राजालाई फ्याल्यो, त्यसमा भारतले पनि साथ दियो ।
पछिल्लो समय माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको रुपमा एमालेसँग सहकार्य गर्यो र पहिलो निर्णय नै सय रुपियाँको नोटमा नयाँ नक्सा राख्ने भयो । यो आवश्यक नै थियो । उहाँलाई यो कुरा थाह छ कि यो घटनाले कुनै पनि सीमा समस्या समाधान हुनसक्दैन । नेपालको तर्फबाट पनि गल्तीहरु भइरहेको छ । हाम्रो तर्फबाट पनि गल्ती भइरहेको छ ।
(नेपालका लागि भारतीय पूर्व राजदुत केभी राजनले आफ्नो बुक ‘काठमाडौँ क्रोनिकल’ पुस्तकको बारेमा सञ्चारमाध्यममा दिनुभएको प्रतिकृयाको सम्पादीत अंशः)

तपाईको प्रतिक्रिया