Khadya Bibhag

धानमा रासायनिक मल कसरी प्रयोग गर्ने ?

‘मलखादको सन्तुलित प्रयोगले राम्रो उत्पादन दिन्छ’
बालीको अवस्था अनुसार उचित समय र उचित मात्रामा मलखादको प्रयोग भएमा मलमा भएको पोषक तत्वले बालीको उत्पादन बढाउनुको साथै माटोको उर्बरा शक्ति कायम राख्छ ।
१.डिएपी (फोस्फोरस) मलको पुरै मात्रा रोप्ने बेलामा प्रयोग गर्नुपर्छ ।
२.पोटास मललाई दुई बराबसर भागमा बाँडेर ५० प्रतिशत रोप्ने बेलामा, ५० प्रतिशत गँजाउने बेलामा र बाँकी २५ प्रतिशत बाला बन्ने बेलामा प्रयोग गर्ने ।
३.एकैनासले गेडेमल (युरिया र डिएपी) छरी मलको प्रभावकारिता बढाउन हाल बजारमा उपलब्ध मल छर्ने झोलको प्रयोग गर्न सकिन्छ ।
४.युरिया मलको टपड्रेसिङ गर्ने बेलामा खेतमा छिपछिपे पानी वा यथेष्ट चिस्यान हुनु पर्दछ ।
५.खैरा रोगको समस्या हुने ठाउँमा रोप्ने समयमा जिङ्क सल्फेट २५ केजी प्रति हेक्टरका दरले प्रयोग गर्ने
सिँचाइको व्यवस्थापन
सिँचाईको उचित व्यवस्थापनले धानको उत्पादन र गुणस्तर दुवै बढाउँछ ।
१.धान रोपेको ५–२० दिनसम्म ३–५ से.मी. र त्यसपछि फूल फुल्ने र दाना लाग्ने समयमा खेतमा पानी जमाउनुपर्छ । यदि सिँचाइको व्यवस्था गर्न सकिने जग्गा भएमा माटो पूर्ण चिसो अवस्थामा राख्न सके धानको उत्पादन बढ्छ ।
२.धानमा गाँज आउने बेला, बाला बन्ने (गर्भावस्था), फूल फुल्ने बेला र दानामा दुध पस्ने बेलामा खेत सुख्खा भएमा उत्पदनमा ह्रास आउछ । तसर्थ यी अवस्थाहरुमा सिँचाई दिन सके ८०० देखि १००० किलो प्रति हेक्टरको दरले उत्पादनमा वृद्धि हुन्छ ।
३.यदि युरिया, मल हाल्ने बेलामा वर्षा नभएमा सम्भव भएसम्म सिँचाई गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया