Khadya Bibhag

१५ वर्षदेखि निरन्तर

सहारा टाइम्सले १५ वर्षको यात्रा पुरा गरेको छ । २०६५ भदौं १६ गते एउटा भाषा आन्दोलनका लागि जन्मेको यो सहारा टाइम्स प्रत्येक दिन, प्रत्येक अंक एउटा आन्दोलन नै गरिरहेको हुन्छ । मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, पिछडिएका समुदायको पक्षमा यसले कति आन्दोलन गर्न सक्यो, त्यसको मूल्यांकन गर्ने जिम्मेवारी तपाईहरुको हो । तपाईहरुले देखाएको मायाको कारण १५ वर्षको यात्रा पुरा गर्न सफल भएको हो । तर यात्रा सजिलो थिएन । अनेक अवरोध र बाधाहरुको सामना गर्नुपर्यो ।
तैपनि हामी आत्तिएनौं । तपाईहरु साथमा हुनुहुन्छ भनेर जस्तोसुकै अप्ठ्यारोलाई पार गरी यहाँसम्म आइपुगेका छौं । अबको अगामी यात्रामा पनि तपाईहरुको साथ चाहिन्छ । किनभने हामीलाई थाह छ अगामी यात्रा यो भन्दा पनि कठिन हुनेछ । त्यो कठिन यात्रामा तपाईहरुको सशक्त साथ चाहिन्छ ।
तपाईहरुको साथ र सहयोगले नै अगामी यात्रापनि सफल हुनेछ । यो सहारा टाइम्स एउटा व्यपार होइन, मिसन हो । हामी व्यवसायिक पत्रकारिता भन्दा पनि मिसन पत्रकारितामा विश्वास गर्छौ । यो पत्रिका प्रकाशन गर्दा व्यवसायिक रुपमा घाटामा छ । यसको आर्थिक स्रोत बलियो र भरपर्दो छैन । तैपनि कमजोर समाज, पिछडिएको समुदायका लागि बोल्न छाडेको छैन । उसको अधिकार र पहिचानका लागि संघर्ष गर्न छाडेको छैन । आउने दिनमा हामीले त्यसैलाई निरन्तरता दिन्छौं । बस तपाईको साथ चाहिन्छ ।
यो यात्राको क्रममा हामीबाट केही भुल वा त्रुटी भएको छ भने त्यसलाई आफ्नो सम्झेर माफ गर्दिनु हुन्छ भनि हामीलाई विश्वास छ । यो १५ वर्षको यात्रामा हामीलाई साथ र सहयोग दिएकोमा सम्पूर्ण पाठक, विज्ञापनदाता, सहयोगीमा हार्दिक धन्यवाद ।

तपाईको प्रतिक्रिया