Khadya Bibhag

साँचिकै राजनीति गर्ने ढंगै आएन कि, के भो, खोइ !

–महाजन यादव
क्षेत्रीय पार्टीहरुमा काम गर्दा जातीयताको अनुभव । पढे लेखेका–कर्मचारी पृष्ठभुमीबाट आएकोलाई राजनीति गर्न झन गाह्रो । पार्टी (जनता समाजवादी पार्टी नेपाल)ले उता महाधिवेशनमा चुनाव हुन नदिने यता मनपरि ढंगले पदाधिकारी मनोयन गर्दा, कर्मचारी पृष्ठभुमि भएको म जस्तोलाई काम गर्न गाह्रो भएको छ । पार्टीको काम गर्न पनि नैतिक बल पुगि रहेको छैन । अवस्था उकुसमुकुसको छ । तमोलोपा छोडेर जसपा नेपालमा आईयो ।
अब उहाँ जस्तै परिस्थिति यहाँ पनि सृजना भएको छ । महन्थ ठाकुरजी ब्राह्मणवाद–सम्धी सम्धिनीवाद गर्नुभयो भनेर रीसले पार्टी परित्याग गरियो । उपेन्द्र यादवजीको जसपा नेपालमामा आईयो । उहाँ स्वजातीय (म पनि गुवार, उहाँ पनि गुवार) हेर्दाहेर्दै १० वर्ष बिति सक्यो । यो यादव (उपेन्द्र) भाइले त सबैलाई केही न केही त दिए तर मलाई महन्थ ठाकुरजीले गर्नुभएको जति पनि व्यवहार गरेको देखिदैन । जसरी आएको थिए त्यसरी पनि मलाई राख्न रुचाउनु भएको छैन, किन होला ? जागिरे हुँदा त चित्त न बुझ्दा त हाकिमहरु स्पष्टीकरण सोध्थे तर यहाँ त स्वजातीयले भित्रभित्रै भविष्यै डुबाउने गरि तल तल मात्रै राख्न खोज्नु भएको रहेछ ।
जसपा नेपालबाट २०७४ र २०७९ मा धनुषा निर्वाचन क्षेत्र न.४ बाट संसदीय चुनाव लडिसकेको अनुभव छ । क्षेत्रका जनतासँग सिधा सम्बन्ध जिवितै छ । पार्टीले २२३ जना केन्द्रीय सदस्य मनोनीत गर्दा मलाई छांटेको थियो । त्यसपछि जिल्ला र क्षेत्रबाट अनेकौं फोन आयो, के भो, पार्टीले यस्तो किन गर्यो । पछि अध्यक्ष (उपेन्द्र)ज्युले आफ्नो चेम्बरमा बोलाउनु भो र भन्नुभयो, ‘म तपाईंलाई केन्द्रिय सदस्यमा लिन सकिन तर तपाईंको जिल्ला र क्षेत्रको दबाबमा म, तपाईंलाई मनोनितमा ल्याउँछु ।’
मैले प्रत्युत्तरमा भने महाधिवेशनमा सचिवमा लडेको थिए । मलाई केन्द्रिय सदस्य मात्रै बनाएर पुग्दैन अध्यक्षजी । म १० वर्ष अघि नै केन्द्रिय सदस्यको रुपमा तमलोपा परित्याग गरि जसपा नेपालमा पार्टी प्रवेश गरेको थिए । तपाईंको वदा (प्रतिवद्धता) थियो कि तपाईं एउटा नेपाल सरकारको पूर्व–सहसचिव पनि हो, समय अनुकुल तपाईंलाई पदोन्नति गर्दै लग्छु ।’ मैले उहाँलाई सम्झना गराए । त्यसपछि उहाँले ‘हेरौं कस्तो हुन्छ’, भन्नुभयो । केन्द्रिय सदस्यमा मनोनीत त गर्नु भो तर सचिवमा ल्याउनु भएन ।
मलाई पुनः पीडा भयो, मसँगको वा पछि आएकाहरु तमाम नेताहरू कार्यकारिणी तथा पदाधिकारीमा पर्नु भो तर मलाई अध्यक्ष (उपेन्द्र)ज्युले लिनु भएन । सरकारी जागिरमा कार्यसम्पादन पारदर्शी हुन्छ । बढुवा बारे सम्भवतः सबैले बुझ्ने गरि थाह हुन्छ तर यहाँ त अन्ध्यारो घरमा साँपै साँप, अध्यक्ष जी अनुहारले पनि कालो, केही न देखिने, न थाह पाउने, एकैचोटि उल्टासिधा रिजल्ट, मुखै कानुन, मनमै मुल्यांकन । किन उहाँले मलाई मन नपराएको होला ? पार्टीमा कहिले पनि कुनै नराम्रो व्यवहार पनि गरेको छैन । पार्टीले हालै जनकपुरमा भदौं १५ गते आयोजना गरिएको अभिमुखी कार्यक्रम बहिष्कार पनि त्यही रिसमा गरे । तर यस्तो कहिलेसम्म चलला, वडो उकुसमुकुसको अवस्था छ । जनताबिच जान गाह्रो भइ रहेछ । के जबाब दिने होला ?
हामी दुई ईञ्जिनियर दाजुभाइ म र स्वर्गीय श्रीकृष्ण यादव र भाइबुहारी अनिता यादव २०५१ सालदेखि जनताकै चाहनामा धनुषा निर्वाचन क्षेत्र न.४ बाट ३० वर्षदेखि हालसम्म लगातार सातौं चोटी संसदीय चुनाव लड्दै आई रहेका छौं । हरेक चुनावमा राम्रो मत आए पनि चुनावमा भोट किन्नु पनि पर्छ । त्यो आर्थिक हैसियत कहिले पनि नहुंदा, हामीले हालसम्म चुनाव जीत्न सकेका छैनौ । हामीलाई ३० वर्षदेखि भोट दिने जनतालाई पनि हाम्रो परिवार जस्तै पीडा छ कि कहिलेसम्म पैसावाला मात्रै चुनाव जबर्जस्ती जित्छन् ।
खर्चिलो चुनावमा तल दबिन्छ । एउटा किसानको छोरा उम्मेदवार र निमुखा जनतालाई के लाग्छ यो खर्चिलो चुनावमा । जनताले भन्छ्न, ‘हाम्रो त हाथ दुखि सक्यो ३० सालदेखि भोंट दिदा दिदै । यो पैसावालाहरु तपाईंहरुलाई कहिले जित्न दिदैनन् । तपाईंको पार्टी पनि मधेसी पार्टी हो । अब चुनाव नलड्नु, तपाईंहरुको परिवारले धेरै दुःख पाईसक्यो, बेचारा ईन्जिनियर श्रीकृष्ण जागिर छोरेर राजनीतिमा आए, राजनीतिक दौडा–दौडमा दुर्घटनामा परी, जान पनि गुमाए, के पायो ? अब यसरी खुर खुर चुनाव नलड्नु ।
अब त हालत यस्तो छ कि उता बिना पैसाको जनताले पनि जित्न दिदैन, एता जुन पार्टीहरुबाट मधेसको नाममा चुनाव लड्दै आईरहेको छु । ती पार्टीले पनि पार्टीमा नआई दिए हुन्थ्यो जस्तो व्यवहार गर्न थालेको छ । यस्तोमा राज कपुरले गाएको जस्तो लाग्छ, “सब कुछ शिखा हमने (बने ईन्जिनियर) शिखा न होसियारी, सच्च है दुनियाँ वालों (पैसावालों) कि मै हुं एक अनाडी ।” साँचिकै राजनीति गर्ने ढंगै आएन कि, के भो, खोइ ? धन्यवाद ।
(जसपा नेपालका नेता महाजन यादवको फेसबुकबाट)

तपाईको प्रतिक्रिया