Khadya Bibhag

सम्पदा जितिन् मिस युनिभर्स नेपाल

२०२४ को मिस युनिभर्स नेपालको उपाधी सम्पदा घिमिरेले जितेकी छिन् । भदौं २६ गते सम्पन्न गोदावरी सनराइज कन्भेसन सेन्टरमा भएको ग्रान्ड फिनालेमा घिमिरे मिस युनिभर्स नेपालको पाँचौ संस्करणको विजेता घोषित भएकी हुन् । सम्पदालाई नेसनल डारेक्टर संगीता पुरीले ताज पहि¥याएकी छिन् ।
त्यसैगरि, स्मृति सिंह फस्ट रनरअप, अक्षिता क्षेत्री सेकेन्ड रनरअप ,क्यारिन मुर्रे थर्ड रनरअप र सुजल बम फोर्थ रनरअप घोषित भइन् । ग्लोबल ग्ल्यामर भेन्चरले पहिलोपटक आयोजना गरेको मिस युनिभर्सकी नेसनल डारेक्टर संगीता पुरी हुन् । फिनालेमा उपाधिका लागि २२ जना भिडेका थिए । पूर्वमिस नेपाल माल्भिका सुब्बासहित विश्वचर्चित भ्लगर, कन्टेन्ट क्रिएटर तथा ब्युटी पेजेन्ट विश्लेषक लुइस पोर्टेल्सले फिनाले होस्ट गरेका थिए ।

तपाईको प्रतिक्रिया