पहलमान भरथ यादवलाई रामउदगारले प्रदान गर्नुभयो तगमा
२८ आश्विन २०८१, सोमबार १२:३३
सिरहा असोज २८ गते । सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर ३ मा आयोजित पहलमानीमा मिर्चैयाका भरथ यादव विजय हुनुभएको छ ।
भरथ यादवले भारत उत्तरप्रदेश वणारसका पहलमानलाई पराजित गर्नुभएको हो । पहलमानी जित्नु भएका भरथ यादवलाई जनता समाजवादी पार्टी नेपालका नेता ७६ वर्षीय रामउदगार यादव (चोहर्वा)ले तगमा प्रदान गर्नुभयो ।
रामजानकी मन्दिर अध्यक्ष समेत रहनु भएका जसपा नेपाल नरहा गा .पा .३ ईकाई अध्यक्ष एवं राम उदगार यादवले विजयता भारथ यादवलाई तगमा प्रदान गर्दै पहलमानी जस्ता खेललाई संरक्षण गनुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँ आफै पनि पहलमान हुनुहुन्छ तर उमेरका कारण अहिले खेल्नु हुन्न । रामउदगार यादव पहलमानीका साथै सुरुदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ एकपटक गाविस अध्यक्ष समेत भइसक्नु भएको छ ।
पहलमानी जित्ने २८ वर्षीय भरथ यादवको जन्मस्थान सिरहाको डुमरी हो । उहाँ हाल मिर्चैयामा बस्दै आउनु भएको छ । उहाँ मिर्चैयामा जीम समेत सञ्चालन गरिरहनु भएको छ । उहाँ १० वर्षदेखि यो पहलमानी खेलमा लाग्नु भएको छ ।
तपाईको प्रतिक्रिया