Khadya Bibhag

रवि पक्राउपछि सिके राउतले भन्नुभयो, ‘यो पक्राऊ राज्यद्वारा ‘फ्रेमिङ्ग’ गरिएको हो ।’

काठमाडौँ कात्तिक ३ गते । सत्ताधारी दल जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोध गर्नुभएको छ ।

उहाँले यो पक्राउ राज्यद्वारा ‘फ्रेमिङ’ गरिएको दावी गर्दै रविको पक्राउलाई प्रतिशोध र निषेधको राजनीतिको संज्ञा दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘२१ सीट भएको नयाँ÷राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन ।’

यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रुणमा नै हत्या गर्न खोजिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘यो पक्राउ राज्यद्वारा ’फ्रेमिङ्ग’ गरिएको हो ।’

‘हाम्रो धरातल र कैयन एजेण्डा फरक होला, कतिपय ठाउँमा हामी विपरीत धारमा पनि उभिएका छौं, तर लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा हाम्रो मतैक्यता छ, उनले भने, पछिल्लो दशकमा सरकारद्वारा ऐनकानूनको दुरुपयोगबाट सर्वाधिक दमनको शिकार भएको मान्छे म पनि हुँ ।’

दुई दर्जनभन्दा बढी पटक जेल आफू जेल गएको उल्लेख गर्दै उनले यहाँको ऐन कानून नै त्यस्तै छ कि राज्यले चाहेमा सडकमा हिँडिरहेको होस् कि घरमै सुतिरहेको जोसुकै, जस्तोसुकै निर्दोषलाई समातेर २५–५० दिन त अनुसन्धानको नाममा त्यस्तै हिरासतमा राखिदिन सकिने अवस्था रहेको दावी गरेका छन् ।

कानुनको दुरुपयोग राज्य चलाउने, सरकारमा बस्ने पार्टी र शीर्षनेताहरूले गर्दै आएको दावी गर्दै उनले शीर्ष दल र त्यसका नेताहरुले आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेहरूलाई तह लगाउन, आफ्नो पार्टीमा जबरजस्ती प्रवेश गराउन, अनुचित आर्थिक वसूली गर्न त्यसको प्रयोग हथियारको रूपमा गर्दै आएको दावी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया