Khadya Bibhag

विमल जसले हरमुनियममा बनाए ‘वल्र्ड रेकर्ड’

हरमुनियममा वल्र्डबुक अफ रेकर्ड बनाउन सफल सर्लाही इश्वरपुरका बिमल साहको अहिले चौतर्फी चर्चा भइरहेको छ । हरमुनियम बिग्रदा सम्झिने पहिलो व्यक्ति विमल हुनुहुन्छ । उहाँलाई हरमुनियमको डाक्टरको रुपमा पनि चिनिन्छ । उहाँले थुप्रै व्यक्तिलाई जो कलाको क्षेत्रमा हस्ती मानिन्छ ती व्यक्तिहरुलाई उहाँले हरमुनियन सिकाउनु भएको छ ।

शम्भुजीत बाँस्कोटा, दीप श्रेष्ठ, कुन्ती मोक्तान, टीका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देललगायत नेपालमा चर्चित गायक गायिकाले विमलबाट हार्माेनियममा ट्युनिङ गराएका छन् ।
यहाँसम्म कि संगित प्रशिक्षणमा नेपालमै सर्वाधिक चर्चित चन्दनकुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डीप्रसाद काफ्लेले समेत उनीसँग हार्मोनिङ ट्युनिङ गराउँदै आइरहेकोमा बलिउडतिर भने उदितनारायण, दीपानारायण, सोनु निगम, कुमार सानु र अनु मलिक लगायतको हार्माेनिम ट्युनिङ गरिदिएको अनुभव उहाँसँग छ । उनले भोजपुरीका चर्चित गायक तथा अभिनेता पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी लगायतका हार्मोनियमसमेत मर्मत गराइसक्नु भएको छ ।

वल्र्ड बुक अफ रेक्डर्स, लन्डनद्वारा हार्मोनियमको डिजिटल टयुनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रुपमा सम्मानित हुनुभएको छ । उहाँ वल्र्ड रेकर्डमा दर्ज गराई सकेपछि अहिले उहाँलाई नेपालमा विभिन्न संघ संस्था तथा दलहरुले सम्मान गरिरहेका छन् । उहाँले नेपालमा हार्मोनियमको क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आउनु भएको छ । उहाँको आफ्नै विमल नामको हार्मोनियम ब्रान्ड समेत छ ।

मेहनत गरे सबै सम्भव छ र व्यक्तिलाई महान बनाउछ भन्ने चरितार्थ गर्ने विमल काठमाण्डौंमा एउटा सानो हार्मोनियम मर्मत पसल खोल्नु भएको थियो । २०७३ मा ३० हजार लगानीमा पशुपतीनाथको नामबाट हारमुनियम बिक्रि तथा मर्मत पसल खोल्नु भएका विमलसँग हाल हारमुनियम बनाउन कम्तिमा एक महिना पर्खिनुपर्ने हुन्छ । हार्मोनियम सफा गर्ने, पेच कस्नेबाट काम सुरु गर्नुभएका विमल हार्माेनियममा डिजिटल ट्युनिङ गर्दै विश्व किर्तिमान रच्न सफल हुनुभएको छ । हार्माेनियम सुनेर सुर, बेसुर छुट्याउँने र सुर लगाउने काम समेत गर्दै आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया