काठमाडौं मंसिर १५ गते । जनमत पार्टीका अध्य्यक्ष डा.सिके राउत आज एक साताका लागि चीन प्रस्थान गर्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा चीन जाने तयारी गरिरहेको बेला उहाँ दुई दिन अगाडि चीन पुग्नु भएको हो । यद्यपि उहाँ प्रधानमन्त्री ओलीको भ्र्रमणमा हुनुहुन्न ।
स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जानू भएको हो । एक सातासम्म त्यहाँ रहने राउतले विभिन्न व्यक्तिसँग भेटघाटको साथै विभित्र कार्यक्रममा सरिक हुने बताएको छ ।
यसअघि पनि तत्कालीन प्रधानमन्त्री प्रचण्डले भारत र अमेरिकाको भ्र्रमण जाने क्रममा राउतले ती देशको भ्र्रमण गर्नुभएको थियो ।
प्रधानमन्त्री भ्र्रमणटोलीमा जनमत पार्टीका कुनै प्रतिनिधिलाई समावेश गरिएको छैन ।

तपाईको प्रतिक्रिया