Khadya Bibhag

मदिरा बोकेको गाडिको ठक्करले सशस्त्र प्रहरीको मृत्यु

सिरहा मंसिर १६ गते । सिरहाको कचनारीमा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट सशस्त्र प्रहरीमा कार्यरत  सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ  ।

ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट उहाँको मृत्यु भएको सशस्त्र प्रहरी बलको एसपी नरेश भण्डारीले जानकारी दिनुभयो ।

मदिरा बोकेको गाडीलाई रोक्न खोज्दा जानीजानी ठक्कर हानेर भगेको स्थानीयहरू बताउछन् । सशस्त्र प्रहरी यादव सिरहा नरहाका बसिन्दा हुन् ।

गाडी लिएर भारत भाागेको बताईको छ । भारत को बिहारमा मदिराप्रति रोक लगाएपछि नेपालबाट मदिराको तस्करी हुने गरेको छ।

तपाईको प्रतिक्रिया