भारत उत्तर प्रदेशका १७ वटा गाउँ चीनको कब्जामा छन्, त्यो पनि नेपालका कारण । यस्तो भन्दाखेरी तपाईलाई आश्चर्य लाग्न सक्छ तर अवस्था त्यस्तै छ । नेपाल दुरसञ्चारको क्षेत्रमा चीनका बर्चस्व छ । दुरसञ्चारको हरेक प्रविधिमा चिनियाँ कम्पनीको लगानी छ । चिनियाँ कम्पनीको कब्जामा नेपाल टेलिकम मात्र होइन, एनसेल पनि रहेको छ ।
त्यसले गर्दा नेपाल–भारतको सीमावर्ती क्षेत्रमा भारतको लामो दुरीसम्म नेपालको नेटवर्कले काम गरिरहेको छ । भारतका नेटवर्क नेपालमा काम गरिरहेको छैन तर नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकम र नीजि कम्पनी एनसेलको नेटवर्क टाढा टाढासम्म काम गरिरहेको छ । नेपालको फ्रिक्वेन्सी चीनका कारणले बढेको हो । चीनका हुवावे कम्पनीको नेटवर्कले वाइफाइ नेट सेन्टर ठाउँठाउँमा लगाएपछि बरु भारतमा भारतीय कम्नीको नेटवर्कले काम गरिरहेको छैन तर नेपालको काम गरिरहेको छ ।
नेपाल सरकारले थ्रीजी नेटवर्कलाई स्तरोन्नती गरिरहेको छ । यो काम चिनियाँ कम्पनी हुवावेले गरिरहेको छ । यसका लागि हुवावेले सीमावर्ती क्षेत्रमा हाइ फ्रिक्वेन्सीको वाइफाइ नेट सेन्टर लगाइ रहेको छ । सीमावर्ती क्षेत्रमा हुवावेले लगाएका नेटवर्किङका कारण भारतीय कम्पनीको नेटवर्कका सिङ्गनल कमजोर देखिएको छ । उत्तरप्रदेशका गाउँहरु जो नेपाल–भारतका सीमावर्ती क्षेत्रमा बसेका छन् ती गाउँमा नेपाल अर्थात चिनियाँ कम्पनी नेटवर्कको पुरै कब्जा रहेको छ ।
भारत गोरखपुर क्षेत्रमा पर्ने ताराताल कोटिया घाट, इश्वरीगञ्ज, धनौरा, दुर्गागञ्ज, शंकरपुर, अग्घरवा, भदइ गाउँ, पचपकरा, पिपरहवा, जमुनाहा, बलरामपुर, भगवतीगञ्ज, सिद्धार्थनगर, धनौडा, कलवटलगायता विभिन्न १७ वटा गाउँमा भारतीय नेटवर्कले काम गर्दैन । त्यहाँ नेपाली नेटवर्कको अर्थात नेपाल टेलिकम, एनसेनको कब्जा रहेको छ । प्रहरीले गर्ने सर्भिलेन्सले पनि काम गरिरहेको छैन । जामर पनि काम गरिरहेको छैन । यसको बारेमा युपी सरकारले अध्ययन थालेको छ ।
नेटवर्क जडान गर्ने नाममा चीन सरकारले जासुसीका लागि विभिन्न यन्त्रहरु जडान गरिरहेको आशंका युपी सरकारको रहेको छ । त्यसलाई कसरी निस्तेज पार्न सकिन्छ, त्यसको बारेमा अध्ययनमा युपी सरकार लागेको स्रोतले जनाएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमको प्रविधिमा चिनियाँ प्रहुविधि जायन्ट हुवावेको एकाधिकार छ । नेपाल टेलिकमको अधिकांश संवेदनशील ठाउँमा हुवावको प्रविधि रहेको छ । अर्थात नेपालको दुरसञ्चारमा ९० प्रतिशत बर्चस्व हुवावेको रहेको छ ।
टेलिकम कम्पनीमा मुख्यगरी दुई भाग हुन्छन् । लाइन एक्सिन नेटवर्क (जसमा कोर प्रणालीसँगै पावर, प्रासरण हुन्छन्) र रेडियो एक्सिस नेटवर्क हुन्छन् । कोर प्रणाली भनेको हरेक गतिविधिको व्यवस्थापन र भण्डारणको काम हुन्छ भने नेटवर्कबाट फ्रिक्वेन्सी प्रसार हुन्छ । यी दुवै प्रणालीमा हुवावेकै वर्चश्व रहेको छ । नेपाल टेलिकमको फोरजीको कोर नेटवर्क प्रणालीबाहेक हुवावेकै प्रविधि रहेको छ ।
फोरजीको कोरमा भने चिनियाँ कम्पनी जेटटीईको रहेको छ ।
नेपाल टेलिकमको प्रणालीमा मुख्य र संवेदनशील प्रणालीमा एउटा कम्पनीको एकलौटी हुनु भनेको सामान्य व्यापारिक कमनसेन्स पनि नदेखिने भन्दै विनियमावली संशोधनको तयारी भएको थियो । एउटै कम्पनीमाथिको निर्भरता हटाउनका लागि भन्दै यसअघि भएको फोरजीको टेन्डरको समयमा विनियमावली संशोधन गरि टेन्डर स्पेसिफिकेसन संशोधनका लागि छलफल भए पनि त्यो अघि बढ्न सकेन । सबै प्रविधि हुवावेको छ । नेटवर्क र कोर प्रणालीमा सबै प्रविधि हुवावेको छ । त्यस्तै यसको मर्मतको जिम्मा पनि हुवावेकै रहेको छ । यति धेरै नियन्त्रण एउटै कम्पनीको हुँदा त टेलिकमको सबै डेटामा एउटै कम्पनीको पहुँच र नियन्त्रण सहजै हुन्छ ।
एनसेलले प्रविधि धेरै हुवावेको उपयोग गरे पनि उसले मिक्स गरेको छ । हुवावेसँगै जेटटीईको पनि प्रविधि उपयोग गरेको छ । यसले गर्दा जतिबेला पनि विस्तार गर्दा वा मर्मत गर्दा प्रतिस्पर्धी लागत हुन्छ । टेलिकम प्रयोगकर्ताको डेटामा हुवावेले पहुँच राख्नसक्छ । त्यसको दुरुपयोगको अनुगमन नहुने भएकाले गर्दा टेलिकम व्यवस्थापन चाहँदा पनि यस्ता कुरा जानकारी पाउँदैन । एकाधिकार हुँदा धेरै कुराको गोपनीयता सम्भावना धेरै कम हुन्छ । नेपालको दुरसञ्चारमा बर्चस्व हुँदा भारत र अमेरिका दुवै देश तर्सेका छन् ।
तपाईको प्रतिक्रिया