सरकारको नेतृत्व गरेको जनमत पार्टी मधेश प्रदेशमै ओरालोतिर

काठमाडौँ मंसिर १७ गते । मधेश प्रदेश सरकारको नेतृत्व गरेको डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टी स्थानीय तहको उपनिर्वाचनमा मधेश प्रदेशमै ओरालो लागेको छ ।
जनमत पार्टीको मधेश प्रदेशसभामा १३ सांसद छन् भने प्रतिनिधिसभामा ६ सांसद छन् । मधेश प्रदेशमा जनमत पार्टी चौथो पार्टीको रुपमा रहेको छ । सरकारको नेतृत्व गरेको छ । यस अवस्थामा जनमत पार्टीको यो अवस्था आउँदा नेता तथा कार्यकर्ताहरु निराश देखिएका छन् ।
जनमत पार्टी अध्यक्ष राउत चीन भ्रमणमा छन् यता उपनिर्वाचनमा जनमत पार्टी प्रतिस्पर्धामा पनि देखिएको छैन ।
सात वटा वडामा भएको वडाध्यक्ष पदको लागि उपचुनावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले २–२ सिट जितेका छन् भने एमाले, माओवादी केन्द्र र नेकपा (एस) ले १–१ सिट जितेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका १ मा माओवादी केन्द्रका सुनिल कापर केवट ६८४ मा विजयी हुँदा जनमत पार्टीको सातौं नम्बरमा गएर थन्केको छ । जनमतको उम्मेदवार कुशेश्वर मण्डलले २५ मत ल्याउनु भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा जनमतले उम्मेदवारी समेत दिलाएको थिएन ।
सप्तरीको डाकनेश्वरी नगरपालिका १ मा जसपा नेपालका धिरेन्द्र साह ६५२ मत ल्याएर विजयी हुनुभयो तर जनमत पार्टीका शैलेन्द्र साह ७४ मतमा सिमित हुनुभयो ।
डाकनेश्वरीको वडा नम्बर ४ मा जसपा नेपालकै उम्मेदवार देवेन्द्रप्रसाद यादव ३७२ मतले जित्नुभयो भने जनमतका उम्मेदवार उदयनारायण पंडितले २३१ मत ल्याएर तेस्रो स्थानमा सिमित हुनुभयो ।
रौतहटको ईशनाथ नगरपालिका ७ मा कांग्रेसका शेष अब्दुल खलिक ६२७ मतले विजय हुनुभयो । जनमतका उम्मेदवार शेख जमिरुलले १३५ मत ल्याएर चौथो नम्बरमा सिमित हुनुभयो । रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ८ मा नेकपा (एस) का बजरंगीप्रसाद यादव ६५५ मतले विजय हुनुभयो तर त्यही जनमतका उम्मेदवार सुरेन्द्र राउत कुर्मीले आठ मतमा सिमित हुनुभयो ।
रौतहटकै राजपुर नगरपालिका ६ मा कांग्रेसका उम्मेदवार समसे आलम ७४४ मतले विजयी हुनुभयो भने जनमतका उम्मेदवार कयामुद्दिन धुनियाले ४५ मतमा सिमित हुनुभयो ।

तपाईको प्रतिक्रिया