Khadya Bibhag

गढीमाइ मेलाका लागि २३ गते सार्वजनिक विदा

सिरहा मंसिर १८ गते । मधेश प्रदेश सरकारले बारामा लाग्ने गढीमाई मेलाको अवसरमा मंसिर २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
जनकपुरको मधेश भवनमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा घोषणा गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको धरोहरको रुपमा रहेको गढीमाइ मेलामा लाखौँको सँख्यामा श्रद्धालु भक्तजन आउने र त्यसमाथि बेजोड आस्था, विश्वास रहँदै आएकाले विदा घोषणा गरिएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया