Khadya Bibhag

जनमत पार्टीले माग गर्यो सभामुखको राजिनामा

काठमाडौँ मंसिर १८ गते । जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजिनामा माग गरेको छ । जनमत पार्टीले पटक पटक कारवाहीका लागि सिफारिस गरेपनि सांसद गोमा लाभ सापकोटालाई सभामुख घिमिरे कारबाही नगरेको भन्दै राजीनामा मागेको छ ।

पार्टी प्रवक्ता शरद सिंह यादवले सोमवार विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेको र सांसद पदबाट मुक्त गर्न निर्णय गरेको सापकोटालाई एमाले प्रवेश गर्न लागेकाले बचाउ गरेको दावी गर्नुभएको छ । उहाँले सभामुख घिमिरेको आफन्त परेको कारण सांसद गोमलाई कारवाही नगरेको दावी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया