Khadya Bibhag

उपराष्ट्रपति यादवले गरे जेलमा रहेका नेपालीलाई रिहाका लागि कतार सरकारलाई आग्रह

काठमाडौँ मंसिर १८ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारको जेलमा रहेका नेपालीलाई रिहाका लागि कतार सरकारालई आग्रह गर्नुभएको छ । उपराष्ट्रपति यादवलाई नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीले मंगलवार भेट्न आएको बेला सो आग्रह गर्नुभएको हो ।
उपराष्ट्रपति यादवले नेपाली कामदारको २४ सै घण्टा विमाको व्यवस्था, कतारमा मृत्यु वा घाइते भएका नेपाली कामदारको उद्धार र क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन कतार सरकारलाई अनुरोध गर्नुभयो ।
‘कतारमा ६७ जना नेपाली जेल सजाय भुक्तान गरिरहेका छन् र धेरै नेपाली कागजविहीन बसिरहेका छन्’ उहाँले भन्नुभयो, ‘म महामहिमलाई आममाफी दिन वा जेलको समय घटाउन र कागजातविहीन नेपालीहरूलाई नियमित काम गर्न वा उनीहरूलाई नेपाल फर्काउनमा सहयोग गर्न अनुरोध गर्दछु ।’
उपराष्ट्रपति यादवले नेपाल र कतारले पारस्परिक हित र चासोका विषयमा बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा नजिकबाट काम गर्दै र एक अर्कालाई समर्थन गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नेपाली नागरिक बिपिन जोशी लगायत अन्य बन्धकहरूको रिहाईका लागि कतारले गरेको मध्यस्तताका लागि प्रशंसा समेत गर्नुभयो ।
कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीले नेपाल र कतारबीचको सम्बन्धलाई थप बलियो बनाउनु पर्नेमा जोड दिँदै नेपालमा लगानी प्रवद्र्धन तथा संरक्षणको पक्षमा रहेको बताउनु भयो। ‘कतारमा हाल चार लाख नेपाली कामदार रहेकोमा अब घरेलु कामदारलाई पनि कतार लग्ने प्रयासमा छु ’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया