–राजेन्द्र महतो
मधेशको अधिकार र पहिचानका लागि जबजब यो देशमा आन्दोलन र सघर्ष भयो ती सबैलाई हामी सम्झिन चाहन्छौं । मधेश आन्दोलन पुरा भएको १८ वर्ष भइसक्यो । २०६३ माघमा सुरु भएको आन्दोलन त्यो एक दिन तयारी वा दुई चार दिनको तयारी थिएन । लामो समयदेखि मधेशका नेताहरु त्यसका लागि सघर्ष गर्दै आइरहनु भएको थियो । त्यसपछि मात्र २०६३ माघमा आगो बल्यो र देशैभर त्यो दन्कियो ।
रघुनाथ ठाकुरदेखि लिएर बाबा रामजनम तिवारी, गजेन्द्रनारायण सिंहलगायत मधेशको अधिकार, पहिचानका लागि कुनै नकुनै रुपमा आवाज उठाएका व्यक्तित्वलाई पनि हामी सम्झिन चाहन्छौं । २०४६ मा देशमा बहुदल आइसकेपछि मधेशको अधिकार र पहिचानका लागि स्व.गजेन्द्रनारायण सिंहले सद्भावना परिषद् र पछि नेपाल सद्भावना पार्टीको माध्यमबाट संगठित रुपमा आवाज उठाउनु भएको हो । त्यसपछि मधेशका लागि विभिन्न खालको जागरण र आन्दोलनका कार्यक्रमहरु सुरु भएको थियो । २०४६ देखि २०६२÷०६३ को आन्दोलनसम्म आवाज उठाइ रहनु भयो । उहाँले विभिन्न जागरण र जनचेतनाको माध्यमबाट जुन गतिविधिहरु अगाडि बढाइ रहनु भयो त्यसैको बिस्फोटन मधेश आन्दोलन ।
२०६४ मो प्रथम मधेश बिद्रोह त्यसैको नतिजा हो । प्रथम मधेशपछि राज्यसँग जुन २२ बुँदे सम्झौता भयो, त्यो सम्झौताबाट मधेशी जनता सन्तुष्ट थिएन । तत्कालिन फोरम नेपाल पनि सन्तुष्ट थिएन, त्यसका नेताहरु पनि सन्तुष्ट थिएन । त्यसका लागि पार्टी नै विभाजन भयो । मधेश आन्दोलनबाट मधेशी जनता ठगिएको हो कि भनि सन्देश मधेशमा गएको थियो । त्यो सम्झौता गरेर मधेश आन्दोलनलाई बदनामा गराउने काम राज्यबाट भएको थियो । यद्यपी ती सम्झौतामा कतिपय कुराहरु राम्रा पनि थिए तर ठ्याक्कै खोजेका शब्दहरु त्यहाँ प्रयोग भएका थिएन ।
के खोजिएको थियो ?
संघियता, समावेशी समानपातिक जस्ता कुरा त्यो सम्झौतामा थिएनन् । अनि मधेशी जनताले आफू ठगिएको महसुस गरेका थिए । संविधान निर्माणका लागि संधिवानसभा चुनावको घोषणा गरिसकेको थियो राज्यले अनि के गर्ने त भनि हाम्रो सामु प्रश्न आयो । त्यतिबेला पुरानो पार्टीमध्ये नेपाल सद्भावनाच पार्टी थियो त्यो पनि छतबिछत भइसकेको थियो । नेपाल सद्भावना पार्टीको तर्फबाट ह्रदयश त्रिपाठी मन्त्री हुनुहुन्थ्यो त्यही भएर मधेश आन्दोलनको नेतृत्व पार्टीले लिन सकेन । म त्यतिबेला एक्लै थिए, उता उपेन्द्र यादव पनि २२ बुँदे सम्झौताका कारण एक्लै पर्नुभएको थियो । केही समयपछि संविधान सभाको चुनाव हुन गइरहेको छ । यो अवस्थामा चुनाव भयो भने त्यसमा मधेशीको प्रतिनिधि नै नहुने देखिएको छ । मधेशको प्रतिनिधि नभएपछि कस्तो संविधान बन्छ भनि धेरै चिन्ता भएको थियो हामीलाई । अनि त्यतिबेला एक दिन मेरै निवासमा मेरो र उपेन्द्रजीको बिचमा वार्ता भयो ।
यो शक्ति यस्तै रह्यो भने आफ्नो अनुकुल संविधान बनाउँछ भनि डराएर उनीहरुले विभिन्न जालझेल गरी संविधानसभा बिघटन गराए ।
दुई जनाको बिचमा सहमति
मधेशको अधिकार र पहिचानका लागि एक पटक पुनः लड्नुपर्छ । त्यसमा एक अर्कालाई सहयोग गर्नुपर्छ भनि कुरा भयो । संविधानसभामा मधेशीलाई पुर्याउनका लागि एक पटक फेरि आन्दोलन गर्नुपर्छ । आन्दोलनबाहेक अर्को कुनै उपाय छैन भनि सहमति गरेर त्यतिबेला हामीले मधेशी मोर्चा गठन गरेका थियौं । संघर्षका लागि फेरि आह्वान गरियौं र आन्दोलन सुरु गर्र्यौ । त्यसको केही समयपछि महन्थ ठाकुरको नेतृत्वमा तमलोपा गठन भयो । त्यसपछि उहाँलाई पनि समाहित गरी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बनायौं । दोस्रो मधेश आन्दोलन सुरु भयो । थुप्रै मधेशी सहिद भए । लगातार २२–२४ दिनसम्म आन्दोलन चल्यो र २०६४ फागुन १६ गते प्रधानमन्त्री निवास बालुवाटारचा सरकारसँग वार्ता भयो । आठ बुँदे सम्झौता भयो । सो सम्झौतापत्रमा हामी तीन दलका अध्यक्ष र तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले हस्ताक्षर गर्नुभएको थियो ।
मधेशको अधिकार र पहिचानका लागि त्यो ऐतिहासिक सम्झौता भएको थियो । हामीले खोजेको जस्तो सम्झौता भएको थियो । सोही सम्झौता अनुसार संविधानसभाबाट संविधान बन्छ भनि तय भएको थियो । यो देशमा संविधानसभाबाट संविधान बन्छ र मधेशी, आदिवासी जनजातिले अधिकार पाउने भए हामीलाई लागेको थियो । तर सरकारले त्यो सम्झौतालाई रद्दीको टोकरीमा फाल्यो । पहिलो संविधानसभाबाट संविधान नै बनाएन ।
पहिलो संविधानसभामा हामी पहिचानवादी शक्तिको बाहुल्य थियो । त्यो कुरा अन्य खसवादी ठूला भनाउँदा पार्टीहरुलाई पचेको थिएन । यो शक्ति यस्तै रह्यो भने आफ्नो अनुकुल संविधान बनाउँछ भनि डराएर उनीहरुले विभिन्न जालझेल गरी संविधानसभा बिघटन गराए । दोस्रो संविधानसभा चुनावपछि पहिचानवादीहरुको अवस्था बडो नाजुक भयो । पहिलो संविधानसभाताका सत्ताको चलखेलमा परेर मधेशवादी दलहरु टुटफुट भएर मधेशवादी दलहरु निकै बदनाम भइसकेका थिए । त्यसैको असर २०७० को दोस्रो संविधानसभा चुनावमा देखिएको थियो । जे भए पनि संधिवानसभामा मधेशीको उपस्थिति थियो । मुख्य त अन्तरिम संविधान अनुसार संविधानसभाबाट संविधान निर्माण गर्नुपर्ने थियो ।
पहिलो संविधानसभाताका सत्ताको चलखेलमा परेर मधेशवादी दलहरु टुटफुट भएर मधेशवादी दलहरु निकै बदनाम भइसकेका थिए ।


तपाईको प्रतिक्रिया