Khadya Bibhag

जसपा नेपाल, लोसपा, परिवार दलका नेताहरु जसपामा प्रवेश

काठमाडौँ माघ ६ गते । नेपाल परिवारदलका पर्सा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पल्टन प्रसाद कुर्मी, जिल्ला सचिव सन्तोष पटेल, जिल्ला सहसचिव अमरेश्वर पटेल, वरिष्ठ सल्लाहकार सत्रुधन दुबेलगायतका नेता तथा कार्यकर्ता अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
नवप्रवेशलाई जसपाका उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवले स्वागत गर्नुभएको छ । हिजो मात्रै लोसपाका उपाध्यक्ष पुरुषोतम लाल झासहित नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गर्नुभएको थियो । त्यस्तै महोत्तरीमा पनि जसपा नेपालका केही नेता तथा कार्यकर्ताहरु जसपामा प्रवेश गर्नुभएको थियो ।
जनता समाजवादी पार्टी मोहत्तरद्विारा आयोजित पार्टी प्रव्ेश् कार्यक्रममा महोतरीक्ँ प्रभावशाली नेतृ जसपा नेपालका मधेस प्रदेश कार्यकारिणी समिति सदस्य तथा एकडाडा पालिका उपप्रमुख प्रत्यासी निर्मला यादब, समाजवादी युवा संघको प्रदेश समिति सदस्य सुर्यनारायण यादव, रविन्द्र यादव ,समाजवादी विधार्थी युनियनको केन्द्रिय सदस्य विवेक रन्जान। प्रदेश सचिव अभिषेक रन्जन लगायतका युवा, विधार्थी, महिला, बुद्धिजीवी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राइको नेतृत्वमा जसपा गठन भएको हो । जसपा नेपाल विभाजन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।

तपाईको प्रतिक्रिया