Khadya Bibhag

मधेश आन्दोलनको सम्झानाः कहाँ छन् उपेन्द्रलाई नेता बनाउनेहरु ?

–बीपी यादव
मधेश आन्दोलन सुरु भएको १८ वर्ष पुरा भएको छ । यो १८ वर्ष कसरी बित्यो पत्तै भएन । यो बिचमा नेपाल तथा मधेशको राजनीतिमा निकै उतार चढाव आयो । मधेश आन्दोलनका कतिपय स्मरण गर्न योग्य काम भएका छन् भने कतिपय सम्झन लायक पनि छैन । मधेश आन्दोलनको एउटा साक्षी भएको कारण १८ वर्षपछि केही कुरा आज सम्झिन चाहन्छु ।
मधेश जनबिद्रोह भन्दा पहिले २०६३ पुसमा सद्भावना (आनन्दिदेवी)पार्टीले नेपाल बन्द गरेको थियो । त्यसको बिरोधमा माओवादी र नेपाल प्रहरीको मिलोमतिमा नेपालगञ्जमा मधेशी समुदायमाथि ज्यादती भयो । र त्यतिबेला हुरीलाल थारु, कमल गिरि शहिद हुनुभयो । तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवजीले मलाई फोन गरेर त्यतिबेला निर्देशन दिनुभयो कि नेपाल सद्भावना पार्टीका नेता ह्दयश त्रिपाठीलाई भेटेर भन्नु कि उपेन्द्र सरले खबर पठाउनु भएको छ कि मन्त्री पदवाट राजीनाम दिएर नेपालगञ्जमा भएको आन्दोलनलाई निरन्तरता दिनुस् ।
त्रिपाठीलाई उपेन्द्रको आग्रह
उपेन्द्रजीको निर्देशन आएपछि म त्यो दिन सबेरै खाना खाएर सिंहदरवार पुगे । त्रिपाठीजी त्यतिबेला उद्योगमन्त्री हुनुहुन्थ्यो । म उहाँसँग टाइम लिएर भेट्न पुगे । उहाँलाई मैले उपेन्द्रजीले भनेको कुरा सुनाए । उपेन्द्रजीले मन्त्री पद छाडेर नेपालगञ्जको आन्दोलनलाई अगाडि बढाउनुहोस् त्यसमा हाम्रो पूर्ण साथ र सहयोग रहन्छन् भनेको थिए । त्यसको जवाफमा तत्कालिन मन्त्री त्रिपाठीजीले भन्नुभयो, ‘अरे अभी बहुत हिसाब किताब लेना है पहाडी लोगों से ।’ उहाँले नेपालगञ्जको घटनाको बारेमा लामो लामो कुरा गर्नुभयो । म उहाँको सबै कुरा सुने । मैले कुनै जवाफ दिइनन् । सिंहदरवारबाट निस्के । त्यही दिन बेलुका उपेन्द्रजीलाई त्रिपाठीले भनेको सबै कुरा सुनाए ।

मातृकाको र्याली
केही दिन पछि नेपालगन्जमा माओवादीका नेता मातृका यादवको नेतृत्वमा मधेसीहरुको एक टोली शान्तिपूर्ण र्याली निकालिएको थियो । मातृका यादवले घटनाको भिडियो संकलन गरि त्यसको सिडि तयार पार्ने काम पनि गर्नुभयो । त्यो सिडि अन्तरराष्ट्रिय निकायलाई दिनुको साथै पुरै मधेशमा त्यसको प्रदर्शन गरियो । नेपालगञ्जमा मधेशीमाथि भएको ज्यादती हेरेर हरेक मधेशीको मनमा आक्रोशको आगो दन्कियो । मधेस आन्दोलनका लागि त्यो सिडि आगोमा पेट्रोलको काम गर्यो ।
जलायो संविधान
एकातिर नेपालगञ्जको आगो मधेशीको मनमा दन्कि रहेको थियो भने अर्कोतिर अन्तरिम संविधान बनिरहेको थियो । त्यसमा मधेशको अधिकार र पहिचान समावेश नगर्ने हो कि भनि चिन्ता थियो । त्यसका लागि मधेशी जनअधिकार फोरमले दबाव बनाउने काम गरिरहेको थियो । त्यतिबेला फोरम पार्टी बनेको थिएन । अन्ततः जे सोचेको थियो त्यही भयो । अन्तरिम संविधान त्रुटिपूर्ण रह्यो । २०६३ माघ १ गते अन्तरिम संविधान जारी भयो र माघ २ गते उपेन्द्रजीको नेतृत्वमा त्यसलाई जलाउने काम भयो । अन्तरिम संविधान जलाएर मधेश आन्दोलनको उद्घोष गरिएको थियो । मधेश आन्दोलन, मधेश जनबिद्रोह र माघे बिद्रोह फोरम नेपालको नेतृत्वमा भएको हो ।
फोरम नेपालको स्थापना बिराटनगरमा भएको थियो । फोरम नेपाल माओवादीले गठन गर्न लगाएको कुरा धेरैलाई थाह थिएन । माओवादीका थुप्रै नेता फोरममा आवद्ध थिए । केही नेता माओवादीमा नभए पनि फोरममा सक्रिय थिए । २०५४ मा मलाई फोरमको काठमाडौं उपत्यकाको इन्चार्ज र केन्द्रीय सदस्य बनाएको पत्र प्राप्त भयो । काठमाडौंबाट अमरेशनारायण झा, शिवराम यादव, र त्रिविका पारस यादव पनि हुनुहुन्थ्यो ।
किताब पढाएर जनता जगाउने
उपेन्द्रजीले ‘मधेसी समुदाय एक विवेचना’ किताब लेख्नु भएको थियो । त्यसमा मधेशीको अधिकार र पहिचानको कुरा थियो । मधेशले के पाएन, के पाउनुपर्छ, नेपालमा मधेशीको स्थान कहाँ छ जस्ता कुराको विवेचना तथ्यसहित थियो । उपेन्द्रजीले मलाई त्यो किताब दिएर बेच्न भन्नुभयो । यो किताब पढेपछि मधेशी जनतामा आन्दोलनप्रति भाव जाग्छ भन्नुएको थियो । मैले त्यो किताब झोलामा बोकेर बिक्रि वितरणका लागि हिडेका थिए ।

मलाई कारवाही गर्नुस् तर त्यो विज्ञप्तिमा उल्लेख गर्नुस् कि गौर घटनाका कारण बीपी यादवलाई कारवाही गरिएको हो भनि भने । त्यसपछि उपेन्द्र यादव मलाई कारवाही गर्नबाट पछि हट्नुभयो । तर आज उपेन्द्र यादवलाई नेता बनाउनेहरु कहाँ छन ?

मैले त्यो मधेसी समुदायहरु र पहाडि समुदायका पद्मरत्न तुलाधर, दमन नाथ ढुंगाना, मल्ल के सुन्दर, डा.सुमित्रा मानन्धर गुरुङ्ग, डा.एम.गुरुङ्ग, कृष्ण भट्टचन, सिके लाल, कपिल श्रेष्ठ, डा.सुन्दरमणी दिक्षित, सुदिप पाठक, श्याम श्रेष्ठ, नेता नरहरि आचार्य, महन्थ ठाकुर, सितानन्दन राय, डा.डम्बर नारायण यादव, रामेश्वर राय यादव, महेन्द्र राय यादव लगायतलाई बाँडे ।
त्यतिबेला किताब किनि दिने मधेसीको सँख्या निकै कम थियो । एउटा किताब किनि हाले पनि तीन घण्टासम्म उसको भाषण सुन्नुपथ्र्यो । मध्य बानेश्वरमा डा.डम्बरनाराण यादवको एउटा एनजीयोको अफिस थियो । उहाँले १० वटा पुस्तक बेचि दिने भनि जिम्मेवारी लिनुभयो । तर छ महिनापछि उहाँले पाँच वटा किताब फिर्ता गर्नुभयो र पाँच वटा किताबको पैसा आफ्नो गोजीबाट दिनुभयो । मधेशीहरु आफै सर्वज्ञानी हुन्छ उसलाई किताबको जरुरत नै पर्दैन । उपेन्द्र यादवजीको बुझाई थियो कि मधेसीहरु किताब पढेपछि कुरा बुझछ, संगठनमा जुड्छ अनि आन्दोलनका लागि तयार हुन्छ ।
कसैले एउटा किताब लिएपछि त्यसको पैसा लिनका लागि महिनौसम्म कुदाउँथे । १५० रुपियाँको किताबको पैसा लिनका लागि त्यो भन्दा बढी बस भाडामा खर्च हुन्थ्यो । तर त्यसलाई मैले कहिले झर्को मानिन् किनभने मलाई मधेशीको शैली थाह थियो । विस्तारै सुध्रिएला भनेर म किताब लिएर मधेशीको घरघर अफिस जान्थे । एकपटक जावलाखेलको सिँचाई आफिसमा गए त्यहाँको हाकिम रत्नेश्वर लाल कायस्थ हुनुहुन्थ्यो । जो पछि फोरमको सिफारिसमा मधेश प्रदेशको प्रदेश प्रमुख पनि बन्नुभयो । मैले उहाँलाई किताब दिएपछि उहाँको पहिलो प्रश्न नै थियो कि ‘अपने सब ई जे माग उठा रहल छिए नेपालमें सम्भब छैय ।’
यस्तो प्रश्न उहाँले मात्र होइन धेरैले गरेका थिए । मैले रत्नेश्वर सरलाई जवाफ दिए, ‘सर असम्भब त केही छैन् तर संघर्ष लामो चल्छ ।’ उहाँले किताब लिनु भयो तर पैसा दिनुभएन पछि आउन भन्नुभयो । तीन दिनपछि जाँदा उहाँले पैसा दिनुभयो र किताबको प्रशंसा पनि गर्नुभयो ।
यसरी भयो मधेश आन्दोलन
मधेश आन्दोलन अन्तरिम संविधान जलाउने बित्तिकै, रमेश महतोको हत्या हुने बित्तिकै रातारात भएको हो, मधेश आन्दोलन हिन्दुवादीले गराई दियो, राजावादीले गराई दियो, भारतले गराई दियो जस्ता कुरा भन्नु मिथ्या कुरा हो । मैले पनि कतिपय बुद्धिजिवीको मुखबाट यस्ता कुराहरु सुन्ने गरेको हुन्छु । मधेश आन्दोलन गर्नका लागि निकै लामो तयारी गर्नु परेको थियो । मधेशी जनताको घरघरमा गएर कन्भिन्स गर्नुपरेको थियो । मधेशमाथि भइरहेको विभेदको बारेमा पढाउनु परेको थियो । विभिन्न सभा गोष्ठी, सम्मेलनको आयोजना गर्नुपरेको थियो । युवालाई प्रशिक्षण दिनुपरेको थियो । राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा मधेशको अवस्थाको बारेमा जानकारी गराउनु परेको थियो । तब गएर मधेश आन्दोलन भएको थियो । यस्तो आन्दोलन हुन्छ भनि काठमाडौँमा बसेका पढे लेखेका मधेशीले पनि पत्याएको थिएन तर हामीले धैर्य गर्न र प्रतिक्षा गर्न भनेका थियौ ।

भारतको पटनामा उपेन्द्र यादवको अध्यक्षतमा एउटा बैठक बसेको थियो । पटनाको प्रधानडाकघरको अपोजिटमा धर्मशालामा बैठक थियो । त्यो बैठकले मधेश आन्दोलन तयारी समितिको बनाइएको थियो । सो समितिमा जितेन्द्र सोनल, रामकुमार शर्मा र मलाई राख्यो । त्यसपछि झन आन्दोलनको चयारी तिब्र चलेको थियो ।
यसरी जोगियो उपेन्द्रको ज्यान
भारतको पटनामा फोरमको विभिन्न बैठकहरु चलिरहेकै बेला एकदिन उपेन्द्रजीले मलाई भन्नुभएको थियो ‘फोरमलाई बिघटन गर्नुस् म माओवादीतिर लाग्छु, मलाई माओवादीको केन्द्रमा लग्ने कुरा गरिरहेको छ म उता जान्छु तपाई के गर्नुहुन्छ ?’ मैले उहाँलाई जवाफ दिएको थिए, ‘तपाई माओवादीतिर लाग्नुस् म फोरम चलाउछु, म काठमाडौँ बस्ने मान्छे म भूमीगत बस्न सक्दिन ।’ त्यतिबेला उपेन्द्रजीले मलाई थप प्रतिकृया दिनु भएन । पछि सल्लाह गरौला भनि हामी छुटिएका थियौं ।
त्यो बेला फोरम नेपाल र माओवादीको बिचमा मधेसी पहाडीको बारेमा तिब्र बहस र विवाद सुरु भएको थियो । मधेसी र पहाडीको विवाद सुल्झाउनका लागि उपेन्द्र यादव, मातृका यादव, सुरेश आलेमगर, प्रचण्ड र डा.बाबुुराम भट्टराई बिच दिल्लीमा छलफल हुने तय भएको थियो । त्यसमा मलाई पनि निमन्त्रणा दिएको थियो । म विरगञ्जबाट बिहार स्टेटको बस पटनाको लागि चढे । बस ढिलो पुगेको थियो ।
सुुरेश आलेमगर पनि पटना आउनु भएको थियो । आलेमगर, मातृका यादव र उपेन्द्र यादव तीनै जना दिल्लीको लागि हिडिसकेको कुरा मैले रामराजा बाबुबाट थाह पाएको थिए । म दिल्ली जान सकिन । त्यसको भोलीपल्ट रामराजा बाबुको निवासमा पुगेपछि थाह पाए कि उपेन्द्र यादव, मातृका यादव र सुुरेश आलेमगर पक्राउ पर्नुभयो । उपेन्द्र यादवलाई दिल्लीको जेलमा र मातृका यादव, सुुरेश आलेमगरलाई हेलीकप्टरबाट सेनाले काठमाडौं लग्यो ।
उपेन्द्र यादवलाई छोडाउनका लागि रामराजाजीले निकै पहल गर्नुभएको थियो । त्यही कारण उहाँ रिहाइ हुनुभएको थियो । त्यो कुरा उपेन्द्रजीले सायद बिर्सिनु भएको छ । भारतमा चुनावको माहोल थियो । सबै नेताहरु आआफ्नो चुनावी क्षेत्रमा खटिनु भएको थियो । नेताहरुसँग भेट भइरहेको थिएन । उपेन्द्र यादव रिहाइ भएपछि माओवादीले शंका गर्यो कि उपेन्द्र यादवले नै मातृका, सुरेश आलेमगरलाई समात्न लगाएको हो । त्यसपछि माओवादीले उपेन्द्र यादवलाई ब्ल्याकलिस्टमा राख्यो ।
भौतिक कारवाही गर्नेसम्मको तयारी थियो । उपेन्द्र यादवलाई मार्ने भनेर माओवादीले पार्टीमा निर्णय नै गरेको थियो । यो कुरा मैले माओवादीका नेता जगत यादव, डम्बर यादव र शेखर यादवबाट जानकारी पाएको थिए । त्यसपछि म फेरि पटना गए । उपेन्द्र यादवलाई भेटे । उहाँले पनि माओवादीले गरेको निर्णय बारे जानकारी पाइसक्नु भएको थियो ।
उपेन्द्र यादवले भन्नुभयो, ‘मातृका यादवले चाहनु भयो भने मेरो ज्यान जोगिन सक्छ । मातृका यादवले पत्र लेखेर मलाई मार्न जसलाई खटाइएको छ त्यसको हातमा पत्र गयो भने म जोगिन सक्छु ।’ त्यसपछि पटनाबाट सिधै काठमाडौँ फर्के । नख्खु जेलमा रहनु भएका मातृका यादवलाई भेट्न गए । मैले उपेन्द्र यादवले भनेका सबै कुरा सुनाए । मातृका यादवले एउटा पत्र लेखेर दिनुभयो । म त्यो पत्र लिएर फेरि पटना गए । उपेन्द्र यादवलाई सो पत्र बुझाए । त्यो पत्रकै कारण उपेन्द्र यादवको ज्यान जोगिएको हो । त्यसपछि उपेन्द्र यादव माओवादीतिर फर्केर हेर्नु भएन र फोरममा सक्रिय हुनुभयो । र फोरम नेपाल विघटन हुनबाट जोगियो ।
Madhesh base people participate in a protest rally from Maitighar to Newbaneshwor to stop repression by government in Tarai and to address their demand in the new constitution in the capital on Saturday, September 19, 2015. Photo/Hemanta Shrestha
उपेन्द्र बनाउनेहरु
फोरम नेपालका संस्थापक डा.रामविलास यादवले एक दिन मलाई फोन गरेर भन्नुभयो, ‘बाटोमा हिडि रहेको बेला उपेन्द्र यादवलाई एउटा मोटर साइकलले ठक्कर हानेको छ, खुट्टामा हल्का चोट लागेको छ बिराटनगरमा ठिक भएन काठमाडौँमा देखाउनु पर्यो त्यसमा सहयोग गर्नुहोस् ।’ मैले हुन्छ पठाई दिनुस् भने । उपेन्द्रजी आएपछि मैले बी एण्ड बी अस्पतालमा डा.भरत यादवलाई भनेर भर्ना गराए । उहाँको उपचार सो अस्पतालमा फ्रिमा भएको थियो । फोरमको केन्द्रीय समितिको बैठक भारतको पुर्णिया, अडडिया, पटना, मजपफरपुर, दरभंगा, जोगबनी, रक्सौल, लौकहा, लौकही, मनसापुर लगायतका ठाउँमा हुन्थ्यो ।
जयकृष्ण गोईत र उपेन्द्र यादवको भेटघाट भारत बिहारको बिक्रमशेरमा भएको थियो । ज्वाला सिंह र उपेन्द्र यादवको भेटघाट रक्सौलको रेलवेस्टेश्नमा भएको थियो । फोरम नेपालको बैठक बस्दा एक पटक बैठकमा भएको उपस्थिति अर्को बैठकमा त्यसको आधा हुन्थ्यो । फोरम नेपालको निर्माणको क्रममा उपेन्द्र यादवको जन्मस्थान सप्तरीमा बस्ने र खाने सुबिधा लालीगुराँस अवासीय विद्यालयका प्रमुख सुबुद्धि साहजीको योगदान अहम् थियो । डा.महानन्द ठाकुरले आफनो राजदुत मोटरसाईकलमा राखेर मोरगं, सुनसरी, सप्तरीलगायतको ठाउँमा घुमाउनु हुन्थ्यो ।
संगठन निर्माणका लागि कहाँ कहाँ जानु पथ्र्यो त्यहाँसम्म महानन्द ठाकुरले पुर्याउनु हुन्थ्यो । उपेन्द्र यादवलाई बनाउनमा सप्तरीकै बलराम यादव, आर.डि.आजाद, रघुवीर साह, विवेकानन्द सिंह, शैलेन्द्र साह, अर्जनु साह, मो.सबिर लगायतको सुबुद्धि साह सरको योगदान स्मरणयोग्य छ । उपेन्द्र यादवलाई सप्तरीकै यादवहरुले खाना खाने कुरा त परको कुरा बस्न पनि दिदैन्थे । कारण थियो, मधेसी जनअधिार फोरम नेपाल माओवादीको भातृसंगठन हो भनि सद्भावना पार्टीको नेताहरु प्रचार गर्थे । त्यही कारणले सप्तरीका यादवहरुले पनि उपेन्द्र यादवलाई स्विकार गरिरहेका थिएनन् ।
मातृकासँग पहिलो भेट
म काठमाडौँको सातदोबाटोमा बस्थे । मेरो सानोतिनो व्यपार थियो । एक दिन सिरहा कल्यणपुरका प्रदीप यादवले जो नार्कमा कार्यरत हुनुहुन्थ्यो । उहाँले मलाई भन्नुभयो, तपाईसँग एक जना नख्खु जेलमा भेट्न चाहनु भएको छ ।’ उहाँले त्यो दिन नाम भन्नुभएन । म नख्खु जेल दिन मात्र भन्नुभयो । म त्यहाँ गएर मातृका यादवलाई भेटेको हुँ । मातृका यादवसँग भेट्ने त्यो मेरो पहिलो दिन थियो । मातृकालाई भेटेपछि मलाई पनि राज्यले निगरानीमा राख्न थाल्यो । मेरो बारेमा पनि सोधखोज गर्न थाल्यो ।

त्यसको भोलीपल्ट रामराजा बाबुको निवासमा पुगेपछि थाह पाए कि उपेन्द्र यादव, मातृका यादव र सुुरेश आलेमगर पक्राउ पर्नुभयो । उपेन्द्र यादवलाई दिल्लीको जेलमा र मातृका यादव, सुुरेश आलेमगरलाई हेलीकप्टरबाट सेनाले काठमाडौं लग्यो ।

माओवादी र सरकार बिच वार्ता भंग भएपछि मैले आफ्नो व्यवसाय छाडेर भारतको पटना लागे । पटनामा उपेन्द्रजीसँग भेटे । पूर्ण लोकतन्त्र बहाली हुनुपर्छ भनि हिन्दी भाषामा एउटा पर्चा छपाउनु भएको रहेछ । नेपालबाट उहाँलाई धेरै मान्छे भेट्न जान्थे तर कसैले पनि नेपालसम्म त्यो पर्चा लग्ने हिम्मत गरिरहेका थिएनन् । म त्यो पर्चा लिएर भारतको सीतामढी हुँदै सर्लाही पुगे । त्यहाँ महेन्द्रराय यादवसँग भेट भयो । उहाँ एमाले पार्टीमा हुनुहुन्थ्यो । मैले उहाँलाई पर्चा दिएपछि हेर्नुभयो र हतपत आफ्नो गोजीमा हाल्नुभयो ।
राती उहाँसँगै बसे । भोलीपल्ट नाइट बसेर काठमाडौँ फर्के । जेपी गुप्तालाई तत्कालिन राजा ज्ञानेन्द्रले पक्राउ गरी थुनेका थिए । राजविराजको अर्जुन साह पनि थुनामा हुनुहुन्थ्यो । कालीमाटी प्रहरी चौकीमा गएर मैले जेपी गुप्तालाई भेटे र उपेन्द्रजीले दिनुभएको त्यो पर्चा उहाँलाई दिए । त्यो पर्चा पढेपछि जेपीजीले मलाई भन्नुभयो, ‘बीपीजी तपाई यो के गर्नुभएको हो, यस्तो रिस्क किन लिनुभयो, बाटोमा सेनाले खोजतलास गरेपछि पर्चा भेटेको भए तपाईको जीवन बर्बाद हुन्थ्यो तपाईका साना साना बच्चा छन् ।’
जेपीजीले भनेको कुरालाई मैले कुनै वास्ता गरिनन् किनभने म उपेन्द्र यादवको निर्देशन मात्र मानेको थिए । उहाँ मेरो कमाण्डर हुनुहुन्थ्यो म सेना । उहाँले जे निर्देशन दिनुहुन्थ्यो म आफ्नो ज्यान जोखिममा राखेर पनि पुरा गर्थे । यस्ता कैयौं उदाहरणहरु छन् ।
म जेपी गुप्ता र अर्जुन साहलाई छोडाउनका लागि सर्वोच्च अदालतमा रिट दायर गरेको थिए । त्यसबाट उहाँहरु रिहाइ हुनुभयो । तर जेपी गुप्ता रिहाइ भएपछि पुनः समात्नका लागि सादा पोसाकका प्रहरी पहिलादेखि नै जेपी निवासमा पुगि सकेको थियो । त्यो कुरा मैले थाह पाएपछि उहाँलाई लिएर म आफ्नो डेरामा ल्याए । तर मेरो डेरा पनि सुरक्षित थिएन । प्रहरीको नजर मेरो डेरातिर पनि थियो । अनि रातारात मैले सुन्धारामा होटल चलाएर बसेका श्याम महतो कहाँ गए । जेपीलाई जसरी पनि सुरक्षित तरिकाले काठमाडौँ बाहिर निकाल्नुपर्छ भने । श्यामजीले त्यसको चिन्ता नगर्नु । जेपीजी अब मेरो जिम्मामा आउनुभयो म यसको व्यवस्थापन गर्छु भन्नुभयो ।
भोलीपल्ट पोखराको पर्यटकबसमा टिकट काटेर जेपीजी र म हिडे । मुग्लीनमा अर्को बस चढे । नारायणघाट हुँदै पटना पुगे । उपेन्द्र यादव र फोरम बनाउन यस्ता रिक्स कति लिए कति । जावलाखेलको स्टाफ कलेजको फोरमले एउटा वृहत कार्यक्रमको आयोजना गरेको थियो । त्यसमा जेपी गुप्ताले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । काठमाडौँमा मधेशीको यो खालको कार्यक्रम सायद पहिलो थियो । सो कार्यक्रमप्रति राज्यको पनि नजर गएको थियो ।
त्यो कार्यक्रममा २० जना वक्ता थिए । सो कार्यक्रमबाट राजनितिक र बौद्धिक वर्गमा ठुलै छाप छोडेको थियो । बबिता बस्नेतले घटनाबिचार सप्ताहिकमा त फोरम नेपाललाई पृथकतावादी संस्था नामाकरण गर्नुभएको थियो । एउटा एक अर्को कार्यक्रम धुलीखेलमा भएको थियो । त्यसमा उपेन्द्र झा, सितानन्दन राय, विजयकान्त कर्ण, अमरेश कुमार सिंह, सरिता गिरीलगायत युवा विद्यार्थीहरुको पनि सहभागिता थियो । दुई दिनको अवासीय कार्यक्रम समाप्त भयो । दोस्रो जनआन्दोलन सुरु भएको थियो । त्यसमा एक्यबद्धता जनाउने सहमति भएको थियो ।
जनआन्दोलनप्रति ऐक्यवद्धता
बानेश्वरमा भेला भएर जनआन्दोलनप्रति ऐक्यवद्धता जनाउने सहमति भएको थियो । तर ब्यानर लग्ने कोही हिम्मत गरेन । भारतमा रहनु भएका उपेन्द्र यादवसँग मैले फोनमा कुरा गरे । उहाँले फोरमको ब्यानर बनाएर लग्नुस् भन्नुभयो । चार मिटर ब्यानर लगएर बानेश्वरमा झुण्ड्याएको थिए । प्रहरीले कफ्र्यु लगाएको थियो । ब्यानर झुण्ड्याउने बित्तिकै त्यसलाई हटाएर धडपकड गर्न थाल्यो । हामीले त्यहाँ नारा लगाएका थियौ । मधेसी जनअधिकार फोरम नेपालको पहिलो एरेष्टिग थियो ।

त्यसमा म बीपी यादव, हृदेश त्रिपाठि, राजेन्द्र महतो, खुशीलाल मण्डल, विजय लाल कर्ण, सुरेन्द्र महतो, पत्रकार सुरेशकुमार यादव, रामकिशोर सिंह, रामचन्द्र झा, गणेश नेपाली, मुरली सिंह, अमरेश सिंहलगायतका व्यक्ति पक्राउ पर्नुभयो । राजेन्द्र महतो धोती कुर्तामा हुनुहुन्थ्यो । प्रहरीले भ्यानबाट ओरालेपछि एक जना प्रहरीले भनेछन्, ‘तिमीहरुलाई कालमिाटीबाट ल्याएको हो ?’ यो सुनेर राजेन्द्र महतोको प्रेसर हाई भयो हेर यिनीहरुको मानसिकता मधेसी जति सबै तरकारी मात्र बेच्छन् ? एक छिन खुब हाँसे ।
थुनेर राखेको ठाउँमा खाना र पानीको राम्रो व्यवस्था थिएन । भित्रै आन्दोलन र अनशन बस्ने निर्णय भयो । मानवअधिकारवादी संघ संस्थाका व्यक्तिहरु पनि आए । उनीहरुको आग्रहका कारण सुविधा दिने निर्णय भएको थियो । हामीलाई त्यहाँ अधिकृतस्तरको खाना दिन थाल्यो । थुनामा रहेका नेता तथा अधिकारकर्मीहरु त्यही राजनीतिक अन्तरक्रिया कार्यक्रमहरु गर्थै । रामचन्द्र झाले भन्नुभएको थियो, ‘नाङ्गलोमा बिडी, सिगरेट बेच्ने तर एमाले कहिले न छाड्ने । नेपाली काँग्रेसका नेता सुशील भण्डारी र सद्भावना पार्टीका नेताहरुको संबैधानिक राजतन्त्रको मोह देखियो । हामी १९ दिनपछि रिहा भएका थियौं ।

मानवअधिकारवादी संघ संस्थाका व्यक्तिहरु पनि आए । उनीहरुको आग्रहका कारण सुविधा दिने निर्णय भएको थियो । हामीलाई त्यहाँ अधिकृतस्तरको खाना दिन थाल्यो ।

सातदोबाटोमा मधेसी जनअधिकार फोरमको आफिस थियो । स्थिति समान्य भएपछि उपेन्द्र यादव पनि काठमाडौँ आएर बस्न थाल्नुभएको थियो । उहाँलाई भेट्न दर्जनौ नेताहरु पार्टी कार्यालयमा आउनुहुन्थ्यो । अन्तरिम संविधान निमाणको समय थियो । फोरमको तर्फबाट बबरमहलमा सुझाव दर्ता गराएको थिए । नेपाली काँग्रेसको सभापति गिरजा प्रसाद कोईरालाको नेतृत्वमा माओवादीहरु जंगलबाट एकैपटक संसदमा पुगे । त्यसको विरोधमा फोरम थियो । मलाई याद छ नेपाली काँग्रेसका नेता प्रदिप गिरि र दुर्गा सुवेदीले अध्यक्ष उपेन्द्र यादवलाई भन्नुभएको थियो, ‘फोरमको तर्फबाट पनि संसदमा जाने हो भने उपेन्द्रजीले मलाई भनोस् म गिरजा बाबुलाई भन्छु ।’ उहाँको प्रस्ताव उपेन्द्र यादव र मैले स्विकार गरे । अन्तरिम संविधान घोषणा हुने दिन म र उपेन्द्र यादवसँगै थिए । एउटा कोठामा ब्ल्याक एण्ड ह्वाइट टिभीमा सबै घटनाक्रम हेरिरहेका थिए ।
संविधान जलाउने तयारी
ठूला ठूला कुरा गर्ने मधेशी नेताहरुको हैसियत पनि हरिरहेका थियौं । हामी के गर्ने भनि सल्लाह भयो । उपेन्द्र सरले केही ठाउँमा फोन गर्नुभयो र मलाई पनि भन्नुभयो, किर्तिपुरमा विद्यार्थीलाई फोन गरेर माइतीघर मण्डलमा भोली विहान जम्मा हुनलाई भनुस् ।’
एक हजारको रिचार्ज गराए । एउटा सुचना बनाए । कुरा हुनेसँग फोनमा कुरा गरे कुरा हुन नपाएकाहरुलाई म्यासेज पठाए । तर हामीले राती गरेको यो कुरा प्रहरीको कानमा पुगि सकेको थियो । विहान हामी माइतीघरमा पुग्दा त हामीभन्दा बढी प्रहरी नै थिए त्यहाँ । उपेन्द्र यादवलाई भाषण गर्न लगाए । विद्यार्थीहरुको हातमा अन्तरिम संविधानको फोटोकपी दिएर त्यसलाई पेट्रोलमा भिजाए । र त्यसमा आगो लगाए । त्यसपछि प्रहरी पक्राउ गर्न थाले ।
प्रहरीले उपेन्द्र यादवलाई पनि खोजी रहेको थियो तर उपेन्द्र यादव अर्कै भेषमा आएको कारण त्यहाँ उनीहरुले पहिचान गर्न सकिरहेको थिएन । विद्यार्थी नेता कपलेश्वर यादवले एकजना प्रहरीलाई भन्नुभयो, ‘हामीलाई किन समातेको उपेन्द्र यादवलाई समात्नु न प्रमोशन हुन्छ ।’ उपेन्द्र यादव खैरो ज्याकेट लगाएको कारण प्रहरीले पहिचान गरिरहेको थिएन । कसैले त्यहाँ चिन्हाइ दिए सायद अनि उहाँसहित अन्य नेताहरुलाई समात्यो ।
त्यसको अघिल्लो दिन राष्ट्रिय जनमोर्चाले पनि अन्तरिम संविधान जलाएका थियो तर उसलाई प्रहरीले केही गरेन । हामी जलाउछौ भनि थाह पाएर प्रहरीहरु पहिलादेखि तैनाथ थिए । उपेन्द्र यादवसहित म, उपेन्द्र झा, किशोर विश्वास, रामकुुमार शर्मा, बलराम प्रसाद यादव, कुुमार कम्लेन्द्रम, बिष्णु नारायण यादव, सुुरज कुमार मेहता, भगवान यादव, ओम प्रकाश चौधरी, कपलेशवर यादव, सियाराम चौधरी, बिजय कुमार चौधरी, डम्बरनारायण महतो, रामेश्वर राय यादव, निलम बर्मा, अबधेश कुमार सिंह, अमरेशनारायण झा, रामकिशोर सिंह, नथु यादव सहित समातिएका थिए ।
सिंहदरवार प्रहरी चौकीमा हामीलाई राख्यो । त्यहाँ हामीसँग दुरव्यवहार गरिरहेको थियो । व्यवस्थापन राम्रो थिएन । गृहमन्त्रीदेखि लिएर मानवअधिकारकर्मी सबैलाई फोन गरे । कसैले केही सुनुवाई गरेनन् । मानवअधिकारकर्मीहरु प्रहरीलाई फोन गर्दा कुनै सुनुवाई हुँदैन्थ्यो । त्यसपछि मैले अन्तराष्ट्रिय मानवअधिकारकर्मीलाई फोन गरे । उहाँहरुले लागेपछि मात्र प्रहरीले हाम्रो लागि राम्रो व्यवस्था गर्यो । विद्यार्थीहरुको परीक्षा थियो । उनीहरुलाई छाडेन भने जीवन बर्बाद हुन्छ अनि म आफ्नो जमानतमा १४ जना विद्यार्थीलाई रिहाइ गर्न लगाएर पठाएका थिए । बाँकीको म्याद थपेर थुनामा पठायो । त्यहाँ कुनै व्यवस्था थिएन ।
प्रहरीले आआफ्नो व्यवस्था आफै गर्नुहोला भन्यो । सबैजनाले एक अर्काको मुख मात्रै हरिरह्यो । अनि मैले राजेन्द्र खेतानलाई त्यहीबाट फोन गरेर उहाँले एकजनालाई पठाएर २० हजार रुपियाँ सहयोग गर्नुभयो । त्यसले टेन्ट, खानेकुरामा समान, हिटरलगायतका समानुहरु मगाए । ती सबै समानको व्यवस्थापन फोरमका युवा उपत्यका ईञ्चार्ज जितेन्द्र साहले गर्नुभएको थियो ।
भोलीपल्ट प्रहरीले बयान लियो । मलाई सोध्यो तपाईलाई प्रहरीले किन समातेको अनि मैले अन्तरिम संविधान जलाएको कारण समातेको हो जवाफ दिए । त्यसपछि उपेन्द्र झाले उपेन्द्र यादवलाई भन्नुभयो ‘हेर्नुस् बीपीजीले के गरिरहनु भएको छ, उहाँले त संविधान जलाएको कारण हामीलाई समातेको भन्नुभयो यस्तो भनेपछि त हामीलाई कहिले छाड्दैन ।’ त्यही समातिएकामध्ये सबैको फोन प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको थियो । तर मसँग छदै थियो । प्रहरीले मेरो फोन लिन लाख कोशिस गर्यो । तर मैले फेला नै पार्न दिइनन् । हामी बस्ने ठाउँमा पटक पटक खानतलासी भएको थियो । तर उनीहरुले फेला पार्न सकेनन् ।

एक दिन कान्तिपुरले समाचार लेख्यो, थुनामा रहेका मधेशीमाथि दुरव्यवहार भयो । त्यसपछि गृहमन्त्रीले झन हामी बस्ने ठाउँको खान तलासी गर्न लगानुभयो । मोवाइल भएको कारणले मैले नै बाहिर सबैसँग सम्पर्कमा थिए । भित्रका सबै गतिविधि जानकारी गराउथे । एक जना प्रहरी जवान जनजाति थिए । मैले उहाँलाई भने यो मधेशीको लागि मात्र आन्दोलन होइन, जनजातिका लागि पनि हो यसमा तपाईले पनि सहयोग गनुपर्छ ।’ उहाँ कन्भिन्स हुनुभयो । ल सर तपाई मोवाइल जति चलाउनु हुन्छ चलाउनु म बाहिर हेर्छु ।
प्रहरी चौकीमा पनि कुटपिट
त्यसपछि उपेन्द्र यादवले पनि मेरै मोवाइलबाट जिल्ला जिल्लामा नेता तथा कार्यकर्ताहरुसँग सम्पर्क गर्न थाल्नुभयो । आन्दोलनको तयारीमा लाग्न निर्देशन दिनुभयो । उहाँको निर्देशनपछि मधेश तातिन थाल्यो । ठाउँ ठाउँमा चक्का जाम, बन्द हुन थाल्यो । हामी भित्र हुँदा नै लहानका रमेश महतोको हत्या भएको थियो । आन्दोलन चर्केपछि बेलुकी ८ बजे प्रहरीलाई निर्देशन आयो मधेशीहरुलाई बाहिर निकाल । सबै जना सिरकमा थिए ।
यो जाडोको मौसममा कहाँ जाने भन्यौ अनि जहाँ जानुछ जानुस् तर यहाँबाट निस्किनुस् । जवर्जस्ती निकाल्न खोजेपछि त्यहाँ होहल्ला भयो । किशोर विश्वासले एक जना प्रहरीलाई झापड पनि हान्नुभयो । प्रहरी लड्यो म पनि एक लात हान्दिए । दुई जना प्रहरीले अमरेशनारायण झालाई समातेर चौरमा फ्यालि दिए । झाजी बेहोस् हुनुभयो । उहाँलाई प्रहरी भ्यानमा राखेर वीर अस्पतालको नालामा लगेर फ्यालि दिएको थियो ।
म र उपेन्द्र झा, उपेन्द्र यादव पनि पछि पछि वीर अस्पताल गयौं । खोज्यो भेटेन । अनि एकजनाले त्यहाँ नालामा कोही एक जना छ भन्यो । हामी त्यहाँ गयौं अमरेशनारायण झा नै हुनुहुन्थ्यो । हामी निकालेर इमर्जेन्सीमा भर्ना गर्यौं । त्यहाँ अरु अरु साथीहरु पनि आउनुभयो । चिसो थियो । हाम्रो काँधमा उपेन्द्र यादवलाई सुरक्षित राख्ने जिम्मेवारी पनि थियो । उपेन्द्र यादव माओवादीको खोजीमा पनि हुनुहुन्थ्यो । राज्यले पनि निशाना बनाएको थियो ।

उपेन्द्र झाले उपेन्द्र यादवलाई भन्नुभयो ‘हेर्नुस् बीपीजीले के गरिरहनु भएको छ, उहाँले त संविधान जलाएको कारण हामीलाई समातेको भन्नुभयो यस्तो भनेपछि त हामीलाई कहिले छाड्दैन ।’

मेरो डेरा पनि सुरक्षित थिएन । राती १ बजे फोरम उपत्यका कमिटीको कोषाध्यक्ष श्याम महतोलाई फोन गरे । उहाँले होटलमा आउनुस् भन्नुभयो । हामी राती त्यहाँ गयौं । रात त्यही बितायौं । विहानै सुरक्षित स्थान खोज्दै बालाजुमा रहेको सप्तरी गोबिन्दपुरको रामचन्द्र बरनवाल वकिल साहेबको घरमा गए । त्यसपछि मधेशबाट घाइतेहरु आउन थाले । पुरै मधेशमा आगो लागि सकेको थियो । पुरै मधेश ठप्प थियो । पुरै देशमा कोलाहल मचिसकेको थियो ।
म घाइतेको व्यवस्थापनमा लागे । उपेन्द्र झा र उपेन्द्र यादव काठमाडौँको विभिन्न ठाउँमा सेल्टर लिँदै बस्न थाल्नुभयो । परमानन्द झा, श्यामानन्द सुमन, १९ दिन सम्म त रेणु यादवको घरमा उहाँहरु बस्नुभयो । सैनिक अस्पतालमा दुई जना आन्दोलनकारी सिरहाका बेचन यादव र मो.मुसादिन मुस्लिम सहिद हुनुभयो । सैनिक अस्पतालमा तत्कालिन गृहमन्त्री कृष्ण प्रसाद सिटौला पनि पुग्नु भएको थियो । त्यो लासलाई काठमाडौँमै व्यवस्थापन गर्ने तयारी गृहमन्त्री सिटौलाको थियो तर मैले रोके । मैले भने हाम्रो निर्णय भएको छ कि यो लास परिवारको जिम्मा लगाउनुपर्छ ।’
मुस्लिम समुदाय तथा उनको परिवारको सहमतिमा मो.मुसादिन मुस्लिम स्वम्भूमा दफनाउने सहमति भयो । फोरमका वरिष्ठ नेता सितानन्दन रायको घरमा रामकुमार शर्मा हुनुहुन्थ्यो । उहाँलाई जनकपुर जान भनियो तर उहाँ डरले जान मान्नु भएन । फोरमका सबै सिनियर नेता काठमाडौँमा थिए । मधेशमा नेताहरुको खोजी भइरहेको थियो त्यही भएर नेताहरु अब विस्तारै मधेश झर्नुपर्छ भनि निर्णय भएको थियो ।
उपेन्द्र यादवले निर्देशन दिए पनि मबाहेक मधेश जान कोही तयार भएन । शालीग्रामको मोवाइलमा फोन आयो कि सहिद बेचन यादवको साथमा को जाने । उहाँसँग जान कोही तयार भएन । शालिग्रामले मेरो नाम भन्दिनुभयो । त्यतिबेला म फोरमको सचिवको जिम्मेवारीमा थिए । शालिग्रामले भन्ने बित्तिकै प्रहरीको एउटा भ्यान आयो ।
प्रहरीले सोध्यो सचिव बीपी यादव को हुनुहुन्छ । मैले भने, म हो बीपी यादव । भ्यानबाट ओर्लेर मलाई सेलुट हान्नुभयो । म आश्चर्यमा परे । म बेचनसँग जान तयार भए । सात दिनदेखि कोठा गएको थिइनन् । डेरामा श्रीमतीलाई फोन गरेर भन्दिए । म बेचनको लाससँग हिडे । प्रहरीको स्कर्टिङ थियो । म साँझ ६ बजे लहान पुगे । त्यहाँ कोही पनि थिएन । सबै सुनसान थियो । कृष्ण बहादुर यादवलगायतलाई फोन गरे । बेचन यादवको घर मोहनपुर पुगे ।
त्यहाँ बेचनको अन्त्योष्टि भयो । त्यसपछि त्यहाँबाट सिरहाको मिर्चैयामा आएर एउटा कार्यक्रमको आयोजना गरे । त्यही बीबीसीको गाडीमा कसैले ढुगां हानेर सीसा फुटाइ दियो । म त्यहाँ गएर माफी मागेर पठाई दिए । मलाई त्यहाँबाट जनकपुर जानु थियो तर कसरी जाने अफत पर्यो । बिरेन्द्र साहले नेपाली काँग्रसका शहिद भएका चन्द्रनारायण सभापतिको नाममा रहेको एम्बेलेन्स व्यवस्था गरेर पठाउनुभयो । राती १२ बजे जनकपुर पुगे । त्यहाँ पनि सुनसान थियो । त्यसको भोलीपल्ट विभिन्न कार्यक्रममा सहभागी भए ।
दिपक झा, ईन्द्रकुुमार मधेशानन्द, दिनेश पूर्वे, रिता झा लगायत योगदान जनकपुरमा विशेष थियो । जनकपुर उद्योग वाणिज्य संघको नेतृत्वमा खद्यान्न, पैसा संकलन काम भयो । २२ लाख रुपियाँ र ११० क्विन्टल चामल क्विन्टल चामल संकलन भएको थियो ,। काठमाडौबाट रामकुुमार शर्मा लगायत केही नेताहरु जनकपुर आएपछि ती चामल र पैसा गायब भएको गुनासो पछि सुनिएको थियो । त्यसको इन्द्र कुमार मधेशानन्द र दिपक झा विरोध गर्नुभएको थियो ।
नेताहरुमाथि आरोप लाग्न थालेपछि फोरममा त्यसमा छानविन भएको थियो । त्यसको खोजविन भएपछि २२ बुुँदे सम्झौता भएपछि रामकुमार शर्मालगायतका नेताले उल्टै उपेन्द्र यादवमाथि रकम खाएर सम्झौता खाएको आरोप लगाएर सो पार्टीबाट अलग हुनुभएको थियो । फोरम नेपाल विभाजन भएको थियो । हामीले २२ बुँदे सम्झौता २० हजार प्रति छपाई गरेर पहिलो चरणमा मधेशका प्रत्येक जिल्ला वितरण गर्नका लागि उपेन्द्र यादवको निर्देशनमा म मधेश झरे । नेता तथा कार्यकर्तालाई त्यो पर्चा दिएर गाउँगाउँ पठाएका थिए । त्यो २२ बुँदे सम्झौताको बारेमा सम्झाउने भने । यता महन्थ ठाकुर काँग्रेसबाट निस्केर तमलोपा गठन गर्नुभयो ।
त्यसअघि महन्थ ठाकुरको नेतृत्वमा भएको वार्ता समितको एक पटक पनि वार्ता भएको थिएन । आन्दोलन हुँदा पनि वार्तामा समय लाग्नुको कारण एउटा थियो गृहमन्त्री कृष्ण सिटौलाको राजिनामा । सुजाता कोईराला र सालिग्राम सिंहसँग कृष्णप्रसाद सिटौलाको राम्रो थिएन ।
उहाँहरुले उपेन्द्र यादवलाई कन्भिन्स गरेर मागपत्रमा गृहमन्त्रीको राजिनामा घुसाउन लगाउनुभयो । त्यसले गर्दा वार्ता लामो समय भएन । र त्यसले आन्दोलनमा धेरै क्षति भयो । जब मधेश आन्दोलनमा राजावादीको सहयोग रहेको भनि आलोचना हुन थाल्यो अनि मैले नै मधेशको विभिन्न ठाउँमा रहेको राजाको शालिक तोडाउन लगाएको थिए ।

यो कुरा फोरम नेपालको बैठकमा गम्भिर रुपमा उठ्यो । रामकुमार शर्माले यसमा निकै चासो लिनुभएको थियो । बैठकमा दिपककुुमार झासँग सोधिएको थियो कि जिरोमाइलमा रहेको राजाको स्मारक कसले भत्काए । दिपक झाले मेरो नाम लिनुभयो । त्यसपछि ममाथि कारवाही गर्ने कुरा भयो । राती २ बजेसम्म बैठक चलेको थियो । रामकुमार शर्मा बडो उत्सुकतापूर्वक म्याइनुट लेख्नु भएको थियो । कारवाही हुन्छ कि हुँदैन भनि त्यहाँ मत विभाजन भयो अनि मेरो पक्षमा एक मत बढी आयो ।
यी सब घटनामा उपेन्द्र यादवले केही बोल्नुभएन । उहाँले गम्छाले मुख छोपी सबै तामासा हेरिरहनु भएको थियो । माघदेखि भदौसम्मको बिचमा फोरम नेपालका नेताहरुको सम्ंपर्क भारत र नरायणहिटीसँग खुब भएको थियो । दरवारले एक करोड रुपियपाँ लिएको कुरा पनि बाहिर आइसकेको थियो । त्यो पैसाले रामेश्वरराय यादवको छोराको नाममा सुमो गाडी खरिद गर्यो । त्यसमा पनि मैले विरोध गरेको थिए मैले पार्टीको नामबाट गाडी किन्नुपर्छ भनेको थिए । मधेश आन्दोलनमा घाइतेको उपचार गराउन पैसा पुगिरहेको छैन यो बेलामा गाडी किन्नु राम्रो हुँदैन पनि भनेको थिए तर मेरो कसैले सुनेनन् ।
भागयनाथ गुप्ता, किशोर विश्वास लगायतले मधेसी जनअधिकार फोरम नेपाललाई संस्था मात्र राख्ने पार्टी बनाउनु हुँदैन भनि कुरा राख्नु हुन्थ्यो । जब कि फोरममा पार्टी बनाउने निर्णय भइसकेको थियो । म पार्टी दर्ता गराउने प्रकृया सुरु गरिसकेका थिए । जिल्ला जिल्लामा गएर नाम र नागरिकता संकलन गरे । सबै कागजात तयार गरेपछि उपेन्द्र यादवले उपेन्द्र झामार्फत सिरहाका योगेन्द्र ठाकुरलाई रातारात काठमाडौँ बोलाएर हवाइजहाज छाप लिएर अर्को पार्टी दर्ता गराउनुभयो । उपेन्द्र यादवलाई लागेको थियो कि फोरमले आन्दोलन गरेको कारण निर्वाचन आयोगले पार्टी दर्ता गर्दैन कि आशंका जनाएका थिए । त्यतिबेला मैले भनेका थिए, यदि फोरमलाई दर्ता गरेन भने हामी पुनः आन्दोलनमा जान्छौं ।’

काठमाडौबाट रामकुुमार शर्मा लगायत केही नेताहरु जनकपुर आएपछि ती चामल र पैसा गायब भएको गुनासो पछि सुनिएको थियो । त्यसको इन्द्र कुमार मधेशानन्द र दिपक झा विरोध गर्नुभएको थियो ।

तर उपेन्द्र यादव आत्मबलको कमजोर देखियो । म आन्दोलनको क्रममा मधेशको गाउँगाउँ पुगेका थिए । सिरहाको विजय यादवको घरमा पुगेका थिए । उहाँलाई फोरममा मैले ल्याएको हुँ । उहाँ आएपछि जनतान्त्रिकका केही नेताहरु पनि आए । तर ममाथि आरोप लगायो कि बीपी यादवले जनतान्त्रिकका नेताहरु फोरममा भरे । तर म भन्छु, मधेश आन्दोलनमा जनतान्त्रिकको ठूलो सहयोग थियो ।
गौर घटना
रौतहटको गौरको राईसमिलको चौरमा फोरम नेपालको कार्यक्रम एक महिना पहिलेदेखि तय थियो । पछि माओवादीको भातृसंगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चाले सोही चौरमा त्यसै दिन कार्यक्रम गर्ने तय गर्यो । फोरम र माओवादीको राम्रो सम्बन्ध थिएन । एकै ठाउँमा कार्यक्रम भयो । ठुलो घटना हुन्छ भनि सबैले आँकलन गरेका थिए । प्रभु साहले जसरी पनि फोरमको कार्यक्रम रोक्न चाहनु भएको थियो । राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष मातृका यादव हुनुहुन्थ्यो । उहाँले त्यहाँ कार्यक्रम होस् भनि चाहनु भएको थिएन तर प्रभु साहले कार्यक्रम जवर्जस्ती गराउन खोज्नुभयो ।
सिरहाको राजुु गुप्ताले गाडीको व्यवस्थगा गरेपछि सिरहाबाट राती १ बजे म र कृष्ण यादव गौर पुगे । अमर यादवको घरमा बसे । उपेन्द्र यादवले गौरको कार्यक्रम स्थगित गर्न भन्नु भएको थियो । उहाँले पनि गौर नजान भन्नुभएको थियो । राम कुमार शर्मा पहिलेदेखि आमन्त्रित थिए । जितेन्द्र सोनल आउनु भएन । भारतमा हुनुहुन्थ्यो । दिल्ली एयरपोर्टमा नै उहाँलाई भारतीय खुफियाले रौतहटको गौरमा फोरम र माओवादी बिच भिडन्छ हुन्छ भनेको थियो ।
उपेन्द्र यादव र उपेन्द्र झा साथमै हुनुहुन्थ्यो । उहाँ दुवै जना गौर नआउने भन्नुभयो । गौरलाई माओवादीले चारैतिरबाट घेरामा हालेका छन् कसरी आउने भनेर उहाँहरु गौर आउन इन्कार गर्नुभयो । म त दिवकार गोल्छालाई फोन गरेर उपेन्द्र यादवको लागि हेलिकप्टरको पनि व्यवस्था गरेको थिए । तैपनि उहाँ आउन तयार हुनुभएन ।
(From left) Sadhbhawana Party Chairman Rajendra Mahato, Federal Socialist Forum Nepal Chairman Upendra Yadav, Tarai Madhes Democratic Party Chairman Mahant Thakur and Tarai Madhes Sadhbhawana Party Chairman Mahendra Yadav in a meeting held in Siya Palace of Rautahat, on Wednesday, September 30, 2015. Photo: Prabhat Kumar Jha/ THT
उपेन्द्र यादव आउनु हुन्न भने कुरा मलाई मात्र थाह थियो । तर कार्यक्रममा कसैको मनोबल कम नहोस् भनेर मैले उपेन्द्रजी कार्यक्रममा आउदै हुनुहुन्छ कार्यक्रम सुरु गरौं भनेका थिए । कार्यक्रम सुरु हुने बितिकै माओवादीले ग्रिनेट हान्यो । त्यो ग्रिनेट काठको रोस्टममा लाग्यो । सबै भागा भाग भयो । कोलाहल मच्यो । बमबारी भयो । एकछिनमै सन्नाटा छायो । म राइस मिलको चौरमा अन्तिमसम्म थिए । लास मैल्े आफ्नो आँखाले हेरेको थिए । गौर घटनाले फोरम झन शक्तिशाली भयो । फोरमलाई विश्वमै चिनायो तर उपेन्द्र यादव त्यसबाट डराएर भाग्नुभयो । गोरमा घटना भएपछि फोरमका स्थानीय नेताहरु पनि भारत भागि सकेका थिए । म पनि अमर यादवको घर गए त्यहाँ एक दुई जना साथीलाई साथ लिएर भारत पुगे । बाटोमा प्रहरीले रोक्ने प्रयास गर्यो । बोर्डरमा पनि प्रहरीले रोकेको थियो । कसो कसो भनसुन गरेर भारत पुगेको थिए ।
भारतमा फोरमका रामेश्वर यादव (मास्टरसाहेब), गणेश यादव, नन्दकिशोर साह, अमर यादवलगायतका नेताहरुसँग भेटभयो । म भारतमा हुँदा यता काठमाडौस्थित मेरो डेरामा वाइसीएलहरुले आगो लगाउन गएको थियो । मेरै डेरामा उपेन्द्र यादव पनि बस्नु हुन्थ्यो । आक्रोशित वाइसिएल त्यहाँ पुगेका थिए तर मेरो छोरीले मातृका यादवलाई फोन गरेपछि मधेशी वाइसीएल त्यहाँ गएपछि त्यहाँ घरमा आगो लगाएको थिएन ।
गौर घटनापछि फोरम नेपालको बैठक बस्यो । त्यो बैठकमा ममाथि आरोप लाग्यो कि गौर घटना बीपी यादवले गराउनु भएको हो । त्यसले गर्दा पार्टीको क्षति भएको हो । कारवाही गर्नुपर्छ भनि कुरा उठ्यो । यस्तै भाषा उपेन्द्र यादवको पनि थियो । मलाई कारवाही गर्नुस् तर त्यो विज्ञप्तिमा उल्लेख गर्नुस् कि गौर घटनाका कारण बीपी यादवलाई कारवाही गरिएको हो भनि भने । त्यसपछि उपेन्द्र यादव मलाई कारवाही गर्नबाट पछि हट्नुभयो । तर आज उपेन्द्र यादवलाई नेता बनाउनेहरु कहाँ छन ?

तपाईको प्रतिक्रिया