Khadya Bibhag

मोनालिसाका लागि बन्यो भोजपुरी गाना

भारतमा जारी महाकुम्भ मेलामा भाइरल भएकी मोनालिसाको बारेमा अहिले विभिन्न चर्चाहरु बाहिर आइरहेका छन् कसैले फिल्मको अफर आयो भने कसैले मोडलिङको अफर आयो भन्छन् तर ती कुराको पुष्टि अहिले कहि कतैबाट भएको छैन । अरु केही नभए पनि भोजपुरी भाषामा उनको नामबाट गीतहरु बन्न थालेका र बज्न थालेका छन् । कुम्भमेलामा भाइरल भएकी मोनालिसामाथि भोजपुरी गीत बनाइएको छ, । गीतको नाम हो ‘कुभ्म मेला मे मोनालिसा भाइरल भइल…..’ यस गीतका गायक अहमद राज हुन् र शब्द प्रकाश परवानाद्वारा लेखिएका हुन् । संगीत मन्टु मनीषको छ । यस गीतमा महाकुम्भको मोनालिसाका धेरै झलकहरू छन् ।
मोनालिसामाथि अर्को यस्तै भोजपुरी गीत बनेको छ, जुन राजन रंगीलाले गाएका छन् । गीतका शब्दहरू छन् – ‘कुम्भ के मेला मे हिलवाले बडु…’। यस गीतका शब्द मन्नु बादशाहले लेखेका हुन् भने संगीत रवि प्रकाशको छ । युट्युबमा हालसम्म लाखौले सो गीत हेरिसकेका छन् । मोनालिसाको सुन्दर आँखामा भोजपुरी गीत पनि बनाइएको छ, ‘निली निली अँखिया…..’ । यस गीतमा सन्दीप मिश्रा र प्रतिभा राजले आफ्नो स्वर दिएका छन् । यस गीतका शब्दहरू कृष्ण कैचाले लेखेका हुन् र संगीत आर्य शर्माको छ । यस भिडियोमा मोनालिसाका धेरै क्लिपहरू छन्, जसमा उनको सुन्दरता स्पष्ट देखिन्छ ।
‘भइल वायरल बेच माला…..’ मोनालिसाको माला बेच्ने विषयमा अर्को भोजपुरी गीत बनेको छ । यो अर्जुन राजाले गाएका हुन् । गीतका शब्दहरू किसानीले लेखेका हुन् । संगीत डीजे विकासको छ । मोनालिसाको सुन्दरता उनको लागि समस्या बनेको छ । महाकुम्भमा उनीसँग भिडियो, रिल र फोटो खिच्न मानिसहरूको ठूलो भीड लाग्छ । त्यसले गर्दा उनी हैरान भएकी छिन् । उनी मानिसहरूसँग यति रिसाएकी थिइन् कि उनले महाकुम्भ छोडिन् । एक जनाको त उनले मोवाइल नै फुटाइ दिइन् । उनले भने कि उनलाई फोटो खिच्न मन पर्दैन । मोनालिसाका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा उनी भीडबाट बच्न र लुक्न थालेकी देखिन्छिन् ।

तपाईको प्रतिक्रिया