काठमाडौँ वैशाख ११ गते
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकार छाड्ने संकेत गर्नुभएको छ । एमालेको युथ सेलिब्रेसन समारोहलाई बिहीवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार बारे चिन्ता नलिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । सरकारको बारेमा होइन, चुनावको बारेमा चिन्ता गर्न आग्रह गर्दै उहाँले उहाँले एमालेल सधै चुनावको चिन्ता गरेको कारण यस्तो शक्तिशाली पार्टी धारणा राख्नुभयो ।
ृउहाँले भन्नुभयो, ‘सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन बरु चुनावको बारेमा चिन्ता गर्नुहोस् । एमालेले सरकार बनाउन वा बचाउनतिर लागेको होइन, एमालेले सधैं चुनाव हेरेको हुन्छ। हामीले ७० को चुनाव भन्यौं। ७४ र ७९ को चुनाव भन्यौं। अहिले मिसन ८४ भनिरहेका छौं। ढुक्क भएर मिसन ८४ मा लाग्नुस्। मिसन ८४ एमालेलाई निर्णायक शक्तिमा लैजाने मिसन हो ।’
नत्र प्रधानमन्त्री अोलीले यसअघि सरकार एक ढल्दैन, दुई ढल्दैन तीन ढल्दैन भनि दावी सहित आफ्नो अभिव्यक्ति दिनुहुन्थ्यो । सरकारको सहयोगी दल काँग्रेसबाट नै सरकारको आलोचन हुन थालेपछि प्रधानमन्त्री अोली हच्कानु भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगातार सरकार छाड्न प्रधानमन्त्री ओलीमाथि दवाव बढाइ रहेको छ । उता सहयोग दल काँग्रेसले पनि खुलेर सहयोग नगरेको कारण सरकारमाथि नै ठूलो असर परेको छ ।
प्रधानमन्त्री अोलीले थाह पाइसक्नु भएको छ कि शक्ति केन्द्रहरु आफ्नो नेतृत्वको सरकार ढाल्न लागि सकेको छ । कुनै नकुनै बहानामा यो सरकार ढाल्छ भनि संकेत उहाँले पाइसक्नुभएको छ ।


तपाईको प्रतिक्रिया