माओवादी २०८४ अघि नै सरकारमा जाने

काठमाडौँ वैशाख ११ गते
माओवादी केन्द्रले २०८४ अघि माओवादी कुनै पनि हालतमा सरकारमा नजाने बताउँदै आएको थियो । तर सत्तधारी दलहरुमा खटपट सुरु भएपछि माओवादीको बोली फेरिएको छ । माओवादीका नेताहरुले भन्न थाल्नुभएको छ, ‘देशका लागि माओवादीको आवश्यकता परेपछि माओवादी सरकारको नेतृत्व लिन तयार छ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयं सरकारको नेतृत्व गर्ने वा सरकार बनाउने चाँजोपाँजोमा लाग्नु भएको छ ।
सिन्धुपाल्चोकको एक कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनःले ८४ अघि नै माओवादी सरकारमा जानसक्ने अवस्था आइरहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले देशलाई बचाउन सकेन, अब माओवादीले त्यसको नेतृत्व लिएर अगाडि बढ्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । हामीले भनेका थियौं कि ८४ सम्म हामी सरकारमा जाँदैनौ तर अवस्था त्यस्तै सृजना भयो कि माओवादीले देश सम्हाल्नुपर्ने अवस्था आएको छ, उहाँले भन्नुभयो, ‘८४ सालसम्म सरकारमा नजाने भनेको हो तर ओली सरकारले व्यवस्था बचाउन सकेन भने हामी सरकारमा जानुपर्ने हुनसक्छ । त्यतिबेला ८४ पर्खेर बस्नु हुँदैन, सरकारमा गए पनि जनताको काम गर्ने, जनपक्षीय माओवादी धार बनाउने र ८४ को चुनावको तयारी गर्ने काम नै हुन्छ ।’

तपाईको प्रतिक्रिया