नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बैंकक भ्रमणले नेपाली राजनीतिमा तरङ मात्र सृजना गरेन एमाले–काँग्रेस गठबन्धनमा दरार (चिरा) उत्पन्न गरिसकेको छ । सभापति देउवाको बैंककको भ्रमणले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोली नेतृत्वको सरकारलाई ठुलो धक्का लागेको छ । प्रधानमन्त्री केपी ओलीले पटक पटक भन्दै आउनु भएको छ, ‘प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहकार्य रहुन्जेलसम्म वर्तमान सरकारको स्थायित्वमा कुनै खतरा हुँदैन ।’ तर सभापति देउवा र उहाँका पत्नी समेत रहनु भएका परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको बैंकक भ्रमणले ओली नेतृत्व सरकारको जग हलाइ दिएको छ ।
एमाले–काँग्रेस गठबन्धन बनाउनमा मुख्यभूमिक खेल्नुभएका परराष्ट्रमन्त्री आरजु आफ्नो श्रीमान काँग्रेसका सभापति शेरबहादुर देउवाका साथमा बैंकक गएपछि पक्कै यसले गठबन्धनमा परिवर्तन ल्याउने धेरैले विश्वास गरेका थिए । तर बैशाख १२ गते बैंककबाट फर्केपछि शेरबहादुर देउवा र आरजु दुवै जनाले बैंकक भ्रमणले गठबन्धनमा कुनै असर नपर्ने प्रतिकृया दिनुभएको थियो । परराष्ट्रमन्त्री आरजुले त सरकार परिवर्तन गर्नका लागि थाइल्याण्ड नै जानुपर्दैन भनि प्रतिकृया दिनुभएको थियो भने शेरबहादुर देउवाले आफ्नो बैंकक भ्रमणले गठबन्धनमा कुनै असर नपर्ने भन्नुभएको थियो ।
तर त्यतिले मात्र ढुक्क हुन नसक्नु भएका प्रधानमन्त्री अोलीले त्यही दिन राती शेरबहादुर देउवालाई फोन गरेर सबै कुरा गर्नुभएको थियो । फोनमा शेरबहादुर देउवाले आफ्नो बैंकक भ्रमणले गठबन्धनमा कुनै फरक पर्दैन तपाई ढुक्क भएर बस्नुस् भन्नुभएको थियो । तर प्रधानमन्त्री अोलीलाई त्यतिले मात्र चित्त बुझेन । त्यसको भोलीपल्ट अर्थात बैशाख १३ गते बालुवाटारमै बोलाएर कुराकानी गर्नुभएको थियो । सो भेटमा प्रधानमन्त्री अोलीलाई ढुक्कका साथ रहन विश्वास दिलाउन सफल हुनुभएको थियो । तर बैंकक भ्रमणको पराकम्पन रोकिएको थिएन ।
पहलगाममाले जोगएको गठबन्धन
काँग्रेस पार्टीका एक जना शीर्ष नेताले भन्नुभयो, ‘बैंककमा कुनै हाइलेवलको भेटघाट भएको पक्कै हो, यसमा कुनै शंका छैन नत्र सिंगापुर जानुपर्ने सभापतिज्यु बैंकक किन जानुभयो त्यही कुराले सबै कुरा छरपस्ट नभएको होइन र ।’ त्यहाँ भारतका राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख सल्लाहकार अजित डोभाल नत्र सो लेवल कुनै व्यक्ति सभापति देउवासँग पक्कै भेटेको दावी ती नेताले सहारा टाइम्ससँग गर्नुभयो ।
भारतको कश्मिरमा रहेको पहलगाममा आक्रमणले प्रधानमन्त्री अोलीको सरकार जोगाइ दिएको दावी ती नेताको रहेको छ । शेरबहादुर देउवा र आरजु बैशाख ७ गते बैंकक जानुभयो । र बैशाख ९ गते पहलगाममा आतकंकारी हमला भयो । त्यसमा भारत अल्झियो । भारतको सम्पूर्ण ध्यान पहलगाममा आक्रमणमा गयो । यो अवस्थामा भारतले छिमेकी देश खासगरी नेपालसँग कुनै पनि हालतमा सम्बन्ध बिगार्ने पक्ष छैन । भारत सरकार तथा भारतीय जनता पार्टीका शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली तथा यहाँका विभिन्न दलका शीर्ष नेताहरुको लगातार सम्पर्कमा छन् ।
नेपालले पनि आतंकवादी आक्रमणको निन्दा गर्दै भारतले गर्ने हरेक प्रकारको आतकंवादी कारवाहीमा नेपालको साथ रहने प्रतिवद्धता जनाएको थियो । यति हुँदा हुँदै यो गठबन्धन कायम रहनेमा कसैलाई विश्वास छैन । एउटा कार्यक्रममा प्रधानमन्त्री अोलीले भन्नुभएको थियो, ‘कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजियो ।’ प्रधानमन्त्री ओलीले अबको १५ महिनापछि आफूले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने दोहो¥याउनु भयो । यसबाट पुष्टि हुन्छ कि प्रधानमन्त्री अोली पनि बैंकक भ्रमणबाट कति आत्तिनु भएको छ ।
काँग्रेसमा ओलीप्रति असन्तुष्टि
कांग्रेसकै कतिपय नेता वर्तमान सरकारप्रति असन्तुष्ट देखिनु भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर पक्षका नेता डा. शेखर कोइराला लगायतले सार्वजनिक रूपमै सरकारको आलोचना गरिरहनु भएको छ । सरकारप्रति काँग्रेसका नेताहरुको असन्तुष्टि बारे एमालेले वैशाख १ गते सचिवालय बैठक बोलाएर त्यसको बारेमा समीक्षा मात्र गरेन, वैशाख २ गते प्रधानमन्त्री ओली र सभापति देउवाबिच त्यस विषयमा छलफल समेत भयो ।
छलफलपछि प्रधानमन्त्री अोलीले वैशाख ३ गते सरकारको कामकारवाहीको बारेमा छलफल गर्न सरकारी संयन्त्रको बैठक नै बोलाउनुभयो । तर सो बैठकमा संयन्त्रका सदस्यद्वय गगन थापा र पूर्णबहादुर खड्का अनुपस्थित हुनुभयो । वैशाख ३ गते नै गगन थापाले बारामा भन्नुभएको थियो, ‘यो गठबन्धन २०८४ सम्म जान्छ तर सरकारले आफ्नो कार्यशैली सुधार गर्नुपर्छ ।’ अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आफ्नो फेसबुकमार्फत गठबन्धन कायम रहे पनि सरकारको कार्यशैली फेर्नुपर्नेमा जोड दिनुभयो ।
बैशाख ३ गते संयन्त्रको बैठकमा थापा र खड्का उपस्थित नभएपछि सभापति देउवाले वैशाख ४ गतेका लागि पदाधिकारी तथा मन्त्रीहरूलाई बुढानीलकण्ठमा बोलाएर छलफल गर्नुभएको थियो । छलफलमा पनि सरकारकै आलोचना भएको थियो । सरकारले आफ्नो कार्यशैली परिवर्तन गरेर जनअपेक्षा अनुसार काम गर्नुपर्ने धारणा अधिकांश नेताले राख्नु भएको थियो । यता, प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो समय लगातार सरकारमाथि प्रहार गर्दै आउनु भएको थियो । उहाँले वर्तमान सरकार ढाल्न आफूहरूलाई चासो नभएको तर गठबन्धन भित्रकै विभिन्न समस्याका कारण कुनै पनि बेला सरकार ढल्न सक्ने दाबी गर्नुभएको थियो ।
वैशाख ५ गते प्रचण्डले कपिलवस्तुमा भन्नुभएको थियो, ‘यो वर्तमान सरकार आफ्नै कारणले ढल्दैछ ।’ त्यही दिन चितवनमा रहेका प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, ‘ढुक्क भएर काम गर्नुस्, यो सरकार ढल्दैन ।’
त्यसकै भोलिपल्ट अर्थात् वैशाख ६ गते प्रधानमन्त्री ओली, कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच बालुवाटारमा भेटघाट भएको थियो । संघीयता र लोकतन्त्रका लागि एक ढिक्का रहने सहमति तीन जना अध्यक्षले सहमति गर्नुभएको थियो । त्यसको भोलिपल्ट अर्थात् वैशाख ७ गते सभापति देउवा बैंकक उड्नुभयो । वैशाख १ गतदेखि बैंकक उड्नुसम्म राजनीतिमा जुन घटनाक्रम अगाडि बढ्यो । त्यसले बैंकक भ्रमणले पक्कै पनि गठबन्धनलाई एक धक्का अवश्य दिएको हो । त्यो धक्काले गर्दा गठबन्धन कहिले ढल्ने हो त्यसको लागि प्रतिक्षा नै गर्नुपर्छ । भारतमा भएको घटनाले कार्स अलि बाटो मोडिएको छ तर फर्केर त्यही ठाउँमा आउने निश्चित रहेको राजनीतिक विश्लेषकहरु बताउनुहुन्छ ।
कहाँ भयो खटपट ?
एमाले–काँग्रेसको शाक्तिशाली गठबन्धन भएपछि एमालेले सरकारमा एकलौटी गरिरहेको दाबी काँग्रेस पार्टीका नेताहरुको रहेको छ । हरके साना ठुला नियुक्तिहरु प्रधानमन्त्री ओलीले स्वयं गर्न थाल्नुभएको छ । काँग्रेससँग सल्लाह समेत लिरहनु भएको छैन । १५ महिनापछि सभापति देउवा प्रधानमन्त्री बनेपछि त्यतिबेलासम्म सबै नियुक्ति गरिसकेपछि सरकार चलाउनका लागि काँग्रेससँग केही पनि रहँदैनन् । राष्ट्र बैंकको गभर्नर नियुक्ति, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को बढुवा, निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत अन्य विभिन्न नियुक्तिमा एमालेले एकलौटी गरिरहेको छ । जसमा एमालेको चित्त बुझेको छैन । त्यसले गर्दा एमालेको विकल्प खोजीमा काँग्रेस लागि सकेको छ ।
कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामकारबाहीप्रति सार्वजनिक मञ्चमा आलोचना सुरु गरिसक्नु भएको छ । ओली नेतृत्वको सरकारलाई सुरुदेखि सघाउँदै आउनु भएको कांग्रेस महामन्त्री थापाले समेत आलोचना गरेपछि एमाले नेताहरू सशंकित बन्नुभएको छ । एकातिर सरकारको आलोचना भइरहँदा र अर्कातिर नियुक्ति तथा भागबन्डामा पनि अलमल भइरहँदा गठबन्धनमा गडबड भएको प्रष्ट संकेत हो ।
तर एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसभित्रको असन्तुष्टि पार्टी महाधिवेशन लक्षित भएको दावी गर्नुभयो । कांग्रेसका नेताहरुमा महाधिवेशनको प्रभाव पर्न थालेको त्यसको बाछिटा सरकारमाथि पनि परिरहेको उहाँले टिप्पणी गर्नुभयो । राजनीतिक संयन्त्रको बैठक नियमित बस्नुपथ्र्यो । त्यसले केही समस्या भए समाधान हुन्थ्यो । सरकारले गति लिनुप¥यो भन्ने मुख्य चासो हो । तर सरकारको विकल्पको कुरा छैन’ उहाँले भन्नुभयो ।
तपाईको प्रतिक्रिया