सिराहा, जेठ ६ गते । जनमत पार्टीकी नेतृ एवं मधेश प्रदेशकी प्रदेशसभा सदस्य भाग्यश्री चौधरीले सिराहाको मिर्चैया नगरपालिका–१० मथिलेश्वर रतनपुरमा पावर ड्रिल सिचाई प्रणाली अन्तर्गत ६ थान बोरिङमध्ये एक थान बोरिङको शिलान्यास गर्नुभएको छ ।
स्थानीय किसानहरूको माग अनुसार सोमवार उक्त बोरिङ शिलान्यास गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले कृषिमा आत्मनिर्भरता हासिल गर्न सिचाई सुविधा विस्तार अनिवार्य भएको बताउनुभयो ।
ूसिचाईको पहुँच नभएकै कारण किसानहरू ठुलो कठिनाइमा परिरहनु भएको छ । यो बोरिङ प्रणालीले मथिलेश्वर रतनपुरका किसानहरूलाई राहत पुग्ने विश्वास लिएको छु,ू नेतृ चौधरीले भन्नुभयो ।
उहाँले किसानमुखी कार्यक्रमलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार गम्भीर रहेको उल्लेख गर्दै बाँकी बोरिङहरू पनि छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । प्रदेश सभा सदस्य चौधरीले प्रदेश सरकार कृषि क्षेत्रको सुधार र आधुनिकीकरणमा प्रतिबद्ध रहेको बताउनुभयो ।
स्थानीय किसानहरू बोरिङ शिलान्यासप्रति खुशी व्यक्त गर्दै सिचाई सुविधा विस्तारका लागि नेतृ चौधरीप्रति आभार प्रकट गर्नुभयो ।


तपाईको प्रतिक्रिया