Khadya Bibhag

अरुलाई गुलाबको फूल आफ्नालाई कालो धब्बा !

शतमत्यग्नमक्षेपं क्षमाम्येनं विशेषतः
१०० गाली और झूठ माफ, १०१ वां नहीं ।
………………………………..
मान्छेले भन्छन्–कति धेरै दुश्मन कमाउनु भयो त !
म भन्छु – धेरै कम भयो । यदि मर्नु अगाडि मेरो लाखमा होइन, एक करोड पनि दुश्मन बनेन भने यसको सीधा अर्थ हुनेछ मैले धेरै नै साधारण जीवन बाँचेको रहेछु, असाधारण होइन । र ’मिडियोक्रिटी’ मलाई मञ्जुर कहिले पनि थिएन र छैन ।
यी दुईटा कुरा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो फेसबुकमा असार २९ गते राती एक घण्टाको फरकमा लेख्नु भएको हो । एउटा ८ बजेर ५२ मिनेटमा र अर्को ९ बजेर ३० मिनेटमा लेखिएको यी दुई कुरा पढ्दा प्रष्ट हुन्छ जनमत पार्टीका अध्यक्ष राउत कति आक्रोशित हुनुहुन्छ । उहाँ महत्मा गाँधी र बुद्धका अनुनायी हुनुहुन्छ । उहाँ हिँसामा विश्वास गर्नुहुन्न । त्यही भएर नेपालबट मधेश अलग गर्नका लागि आन्दोलन गर्दा उहाँले प्रहरीलाई गुलाबको फूल दिनुहुन्थ्यो ।
आन्दोलनको क्रममा प्रहरीहरु उहाँलाई समात्न आउँदा वा आन्दोलनमाथि हस्तक्षेप गर्न लाग्दा सिके राउतले प्रहरीलाई गुलाबको फुल दिनुहुन्थ्यो । तर त्यही सिके राउत शान्तिपूर्ण आन्दोलनमा आउँदा हिंसात्मक अभिव्यक्ति दिन थालेको टिप्पणी हुन थालेका छन् । उहाँ स्वतन्त्र मधेश गठबन्धनका लागि आन्दोलन गर्दा बरु शान्त हुनुहुन्थ्यो तर जबदेखि उहाँ शान्तिपूर्ण आन्दोलनमा आउनुभयो, अशान्त र आक्रोशित हुनुभएको टिप्पणीहरु भइरहेका छन् ।
त्यसको पछिल्लो उदाहरण माथिका दुईटा पोस्टबाट बुझ्न सकिन्छ । अध्यक्ष राउतले फेसबुकमा यी दुईटा पोस्ट गरेपछि त्यसको भोलीपल्ट जनमत पार्टीकै तीन जना नेतामाथि बारामा सोही पार्टीका कार्यकर्ताबाट आक्रमण भयो । आफ्ने विरुद्धमा अभिव्यक्ति दिनुभयो रे पार्टीको विरुद्धमा अभिव्यक्ति दिनुभयो रे । त्यही कारणले उहाँमाथि कारवाही भएको बताइन्छ ।
जुन सिके राउतले हिंसाको विरुद्धमा प्रहरीलाई गुलाबको फूल दिएर अहिंसाको पाठ सिकाउनु हुन्थ्यो त्यही सिके राउत आफ्नै पार्टीका नेतामाथि आक्रमण गर्न लगाउनु भएको छ । यद्यपी सिके राउतले आफ्नो पार्टीका कार्यकर्ता रहेको भनि अस्विकार गर्नुभएको छ । उहाँले जनताले कारवाही गरेको दाबी गर्नुभएको छ ।
उहाँले भन्नु भएको छ, ‘जैसा कर्म करेगा, वैसा फल देगा भगवान्–यह है गीता का ज्ञान । सबैको स्वतन्त्रता छ, आफ्नो हातखुट्टा मुख चलाउने, तर त्यति बेलासम्म मात्र जति बेलासम्म अरूलाई लाग्दैन ।’ मुख छ भन्दैमा जतिखेर दिनहुँ नानाथरी आरोप लगाउने, झूठा कुरा प्रचार गर्ने, कार्यकर्ताहरूलाई बोलाएर भ्रमित गर्ने, गलत गलत समाचार लेखाउने, अर्काको पार्टीको नाम, लेटरहेड, छाप, व्यानर र ठेलीको दुरुपयोग गर्ने, पार्टीको बैठक र भेटघाटहरूमा मोबाइलबाट रेकर्ड गरेर जासुसी गर्ने, निजी च्याट मेसेजहरू सार्वजनिक गर्ने, पार्टीको नामबाट उठाएको करौडौं रूपयाँ लिएर भाग्ने, देशविदेश इन्जिनियर डाक्टरबाट पार्टीको नाममा पैसा उठाएर खाने, अर्काको घरपरिवारमा झगडा लगाउने, अर्काको घरपरिवारको विषयमा अभद्र बोल्ने लेख्ने छुट कसैलाई नहुने उहाँले भन्दै आक्रोश पोख्नु भएको छ ।
१५ वर्षसम्म फैसला नै हुँदैन, भए पनि बेइमानकै पक्षमा भइदिन्छ भन्दै उहाँले यसको मतलब जनता चुप लागेर बस्छ भने होइन भनि चेतावनी दिनुभयो । हरेक झूठ, हरेक मिथ्या आरोप, हरेक बेइमानी, हरेक षड्यन्त्र र चरित्रहत्याको प्रयासको जबाब जनताले दिने उहाँले चेतावनी दिनुभयो ।
जनमत पार्टीबाट कारवाहीमा पर्नुभएका उपाध्यक्ष ई.दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव, केन्द्रीय नेता विरेन्द्र साहले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको विरुद्धमा तराई मधेशमा जनसंवाद अभियान चलाउनु भएको छ । तराई मधेशका आठ वटै जिल्लामा सञ्चालन गर्ने सो अभियान उहाँले असार २७ गतेदेखि सुरु गर्नुभएको थियो ।
रौतहटबाट सुरु गर्नुभएको सो अभियान बारा पुगेपछि जनमत पार्टीकै कार्यकारिणी सदस्य रामबाबु साह र केन्द्रीय सदस्य विनोदकुमार सिंहले दीपक सिंह, सुरेन्द्रनारायण सिंह र विरेन्द्र साहमाथि कालो पदार्थ फ्यालेर दुरव्यवहार गर्नभएको छ । रामबाबु र विनोद डा.सिके राउतका खास मान्छे रहेको बताइन्छ । तर जनमत पार्टीका अध्यक्ष राउतले बाराका जनताले कारवाही गरेको दाबी गर्नुभएको छ ।
निलम्बनमा पर्नुभएका उपाध्यक्ष साहले पार्टीमा निलम्बनमा परिए पनि कार्यकर्तामाझ आफ्नो कुराकानी राख्ने अधिकार सबौन सुरक्षित रहने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निलम्बन गरिएको भए पनि नेताकार्यकर्ताहरूले आफ्नो विचार राख्ने अधिकार सुरक्षित हुन्छ, त्यो अधिकार केवल हाम्रो पार्टीमा होइन, हरेक लोकतान्त्रिक पार्टीको मूल आधार हो ।’
तर अध्यक्ष राउतले त्यो अधिकार हनन मात्र गर्नुभएन गैरराजनीतिक शैलीमा गुन्डा परिचालन गरेर आफ्नै गल्ती र अपराधलाई ढाकछोप गर्न खोजेको उहाँले आरोप लगाउनुभयो । संगठनभित्र प्रश्न उठाउने आवाजलाई बलको माध्यमबाट दबाउने प्रयास हुनु केवल दमनकारी सोच होइन, पार्टीको आन्तरिक लोकतन्त्रमाथिको गम्भीर हमला भएको उहाँले बताउनुभयो ।
उहाँले जनतासँग भेट्न जाँदा कहि पनि पार्टीका झण्डा, ब्यानर र लेटरप्याड प्रयोग गरेको छैन, जनताको बिचमा आफूहरुले आफ्नो कुरा मात्र राखेको उहाँले बताउनुभयो । जनमत पार्टीमा परिवारवाद लादिएको छ, एकलौटी निर्णय हुन्छ, हुकमशैलीमा पार्टी सञ्चालन भइरहेको छ, पार्टीमा लोकतन्त्र छैन, जस्ता कुरा आफूहरुले जनता तथा पार्टीका कार्यकर्तालाई बुझाउन यो संवाद सुरु गरिएको उहाँले बताउनुभयो ।
आफूहरु पार्टीबाट कारवाहीमा परेको हो, तर किन कुन आधारमा कुनै कुराको पुष्टि आजसम्म गरेको छैन भन्दै उपाध्यक्ष साहले आरोप लगाएको कुराहरु पुष्टि हुनुपर्यो त्यतिकै आरोप लगाएर कसैलाई कारवाही गर्न मिल्दैन पार्टीमा आन्तरिक लोकतन्त्र कायम गर्नुपर्छ जस्ता कुराहरु नेता तथा कायकर्तामाझ राख्न मधेश झरेका बताउनुभयो ।

तपाईको प्रतिक्रिया