Khadya Bibhag

विद्यालाई सिर्फ इश्वरको भरोसा

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) मा फर्किने कुरालाई लिएर सो पार्टीमा हलचल मचेको छ । विद्यादेवी भण्डारीलाई एमालेमा आउन रोक्नका लागि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक उपाय निकाल्न थाल्नुभएको छ । पूर्व राष्ट्रपति भण्डारी पार्टीमा फर्किने भनि स्पष्ट गरिसकेपछि प्रधानमन्त्री ओली तनावमा हुनुहुन्छ ।
उहाँले पूर्व राष्ट्रपतिलाई कसरी रोक्न सकिन्छ त्यसको गृहकार्यमा लाग्नुभएको छ । पार्टीमा दुई कार्यकाल मात्र अध्यक्ष रहन पाउने तथा ७० वर्ष उमेर हद रहने प्रावधानमा पार्टीको विधानमा राख्ने तयारी केपी शर्मा अ‍ोलीको थियो । तर जब विद्यादेवी भण्डारी पार्टीमा आउने निश्चित भएपछि अब त्यो प्रावधान नराख्ने निष्कर्षमा उहाँ पुग्नुभएको छ ।
नेकपा एमालेले यसअघि विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने भएको छ । पार्टीको सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् । यो निर्णयबाट स्पष्ट भयो कि अध्यक्ष अ‍ोली पुनः पार्टीको अध्यक्षमा फर्किनु हुन्छ ।
यो विद्यादेवी भण्डारीका लागि यो छेकवार हो । पदाधिकारी सँख्या ११ बनाउने प्रस्ताव बैठकमा थियो अब १५ सदस्यीय पदाधिकारी हुने भएको छ । त्यति मात्र होइन, वरिष्ठ उपाध्यक्षको प्रावधान पनि हटाउने भएको छ । वरिष्ठ उपाध्यक्षको ठाउँमा सहअध्यक्ष राख्ने भएको छ ।
एमालेमा हाल १८ सदस्सीय पदाधिकारी छन् । केपी शर्मा ओली अध्यक्ष हुनुहुन्छ भने ईश्वर पोख्रेल वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ र शङ्कर पोखरेल महासचिव हुनुहुन्छ ।
६ जना उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र गुरु बराल रहनु भएको छ भने उपमहासचिवहरुमा प्रदीप ज्ञवाली, विष्णु रिमाल र पृथ्वी सुब्बा गुरुङ रहनु भएको छ । त्यस्तै सचिवहरुमा रघुवीर महासेठ, गोकर्ण विष्ट, लेखराज भट्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल रहनुभएको छ । वरिष्ठ उपाध्यक्षको हटाउनुको अर्थ इश्वर पोखरेललाई पार्टीबाट आउट गर्ने हो । इश्वर पोखरेल विद्यादेवी भण्डारीका पक्षमा उभिनु भएको छ ।
विद्यादेवी भण्डारी पार्टीमा आउनुपर्छ भनि सबभन्दा बढी अवाज उठाउने इश्वर पोखरेल नै हुनुहुन्छ । हालसम्म इश्वर पोखरेल मात्र विद्यादेवी भण्डारीको पक्षमा खुल्नु भएको छ ।
त्यही भएर अगामी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पद हटाएर त्यस ठाउँमा सहअध्यक्ष राख्ने सोेच प्रधानमन्त्री अ‍ोली टिमको रहेको छ । विद्यादेवी भण्डारी पार्टीमा आउने नै भयो भने उहाँलाई सहअध्यक्षमा राखेर चित्त बुझाउ सकिन्छ । जबकि विद्यादेवी भण्डारीले अगामी महाधिवेशनबाट अध्यक्षको दावेदार रहेको घोषणा विभिन्न मेडियाबाट गरिसक्नु भएको छ । १९ जना पदाधिकारीमा इश्वर पाखेरेलले मात्र विद्यादेवी भण्डारीलाई साथ दिइरहनु भएको छ । आन्तरिक रुपमा ककसेल दिइरहनु भएको छ हालसम्म खुलेको छैन । पार्टीको बैठक होस् या बाहिर इश्वर पोखरेल नै भण्डारीको पक्षमा बोल्नु हुन्छ । उपाध्यक्ष सुरेन्द्र पाण्डेको नाम पनि भण्डारीको पक्षमा रहेको चर्चामा छ तर उहाँ पनि हालसम्म खुलेर आउनु भएको छैन । महासचिव विष्णु पौडेल विद्यादेवी भण्डारीको कोटाबाट उपप्रधान तथा अर्थमन्त्री बन्नुभएको छ तर उहाँ पनि खुल्नु भएको छैन ।
गुरु बराल पनि विद्यादेवी भण्डारीको साथमा आउने वतावरण बनिरहेको छ तर हालसम्म खुल्नु भएको छैन । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट पनि ओलीसँग सन्तुष्ट हुनुहुन्न । तर खुल्नु भएको छैन । स्रोतहरु भन्छन्, ‘पार्टीभित्र विद्यादेवी भण्डारी पक्षमा बहुमत छ, अहिले नखुलेको मात्र हो, महाधिवेशनको समयमा धेरै नेताहरु उहाँको साथमा जानु हुन्छ ।’
विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ मन्त्रीमा हुनुहुन्छ, उहाँहरु अहिले अध्यक्ष ओलीको विरुद्धमा जानु हुन्न । महाधिवेशनको समयमा उहाँहरु पनि भण्डारीकै पक्षमा उभिने सम्भावना रहेको एमालेका एक वरिष्ठ नेताले बताउनुभयो । योगेश भट्टराई पनि प्रधानमन्त्री ओलीसँग पिडित नै हुनुहुन्छ, अहिले न खुलेपनि आउने महाधिवेशनको समयमा भण्डारीको साथमा जाने लगभग पक्का छ । एमाले पार्टीभित्र गोकुल बास्कोटामाथि पनि आशंका भइरहेको छ ।
यसरी अहिले विद्याका लागि इश्वर मात्र खुलेपनि आउने दिनमा ककसको साथ पाउने हो त्यो आउने दिनमा थाह हुन्छ तर अहिले उहाँलाई इश्वरको मात्र भरोसा रहेको छ ।

तपाईको प्रतिक्रिया