Khadya Bibhag

पूर्व संविधानसभा सदस्य गुप्ता र पूर्व प्रदेश सांसद साह जनमत पार्टीमा प्रवेश

बारा, साउन ५ गते । पूर्व संविधानसभा सदस्य प्रमोद प्रसाद गुप्ता र मधेश प्रदेशका पूर्व सांसद पारस प्रसाद साह जनमत पार्टीमा प्रवेश गरेका छन्।

आज बारामा आयोजित एक विशेष कार्यक्रममा उनीहरुलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीमा स्वागत गरेका हुन्।

गुप्ता र साह दुवै जना यसअघि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा आबद्ध थिएनन्। तसर्थ, उनीहरु पूर्व जसपा नेताका रूपमा नभइ स्वतन्त्र धारका नेताका रूपमा जनमत पार्टीमा प्रवेश गरेका हुन्।

जनमत पार्टीले आगामी राजनीतिक यात्रालाई थप मजबुत बनाउने रणनीतिअन्तर्गत विभिन्न तह र तप्काका अनुभवी नेताहरुलाई पार्टीमा आबद्ध गराउने अभियान चलाइरहेको छ।

 

तपाईको प्रतिक्रिया