गत कात्तिक १० गते काँग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेपछि सो पार्टीमा एक पक्ष नेता निकै खुशी हुनुभएको थियो । पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाएर कहिल्यै नफर्किने गरी सिंगापुर प्रस्थान गर्नुभएका देउवा कात्तिक २८ गते टुप्लुक्क नेपाल आइपुग्नुभयो । उहाँ नेपाल फर्किन लाग्नु भएको कुरा पार्टीका एक दुई जना नेताबाहेक अरु कसैलाई थाह थिएन । जुनदिन फर्किनका लागि उहाँ एयरपोर्टमा देखिनु भयो अनि मात्र पार्टीका नेताहरुलाई जानकारी भयो । उहाँ फर्केपछि पार्टीका महासचिवहरु गगन थापा, विश्वप्रकाश शर्मा, नेता डा.शेखर कोइरालाहरु बेचैन हुनुभएको छ । देउवा सिंगापुर गइसकेपछि अब पार्टी आफ्नो कब्जामा आउने भयो भनि खुशी भएका गगनहरुको हातबाट अब सो पार्टी जाने भएपछि पार्टीमा बेचैनी बढेको छ । यहाँसम्म कि पार्टी विभाजनको संघारमा पुगि सकेको छ । पार्टी भित्रको विवादका कारण केन्द्रीय समितिको बैठक चार पटक सरिसकेको छ । मंसिर १५ गते बैठक बस्ने भनिएको छ ।
यो सब लफडा देउवा सिंगापुरबाट सरेको कारणले भनेको सो पार्टीका कतिपय नेताहरुको बुझाई रहेको छ । सभापति देउवा नेपालमा नभएपछि आफ्नो खुशी सभापतिलगायत अन्य पदाधिकारी चयन गर्ने सोचमा हुनुहुन्थ्यो नेताहरु तर देउवा नेपाल फर्केर पार्टीको कमाण्ड सम्हाल्नु भएको छ । त्यसले पार्टीभित्र तनाव उत्पन्न भएको छ । पार्टी स्रोतहरु भन्छन्, ‘सभापति देउवा सिंगापुर उपचारका लागि होइन घर सल्लाहका लागि जानुभएको थियो, देशमा बदलिँदो राजनीति परस्थितिमा कसरी अगाडि बढ्ने भनि अन्तराष्ट्रिय शक्ति केन्द्रहरुहरुसँग सल्लाह गर्न उहाँ सिंगापुर जानु भएको थियो । त्यहाँ उहाँले भारत र चीन दुवै देशका व्यक्तिहरुलाई भेट्नु भएको हो ।’
नेपालको ठुलो शक्तिमध्येको एउटा काँग्रेस हो । काँग्रेसलाई यसरी लवारिस छाड्यो भने अर्को शक्तिहरु यहाँ खेल्न सक्छन् भनेर देउवालाई पार्टीको बागडोर नछाड्न भनि सल्लाह शक्ति केन्द्रहरुले दिएको बुझिएको छ । खासगरि भारतले काँग्रेसको नेतृत्व गलत व्यक्तिको हातमा गयो भने धेरै ठाउँमा असर गर्ने भएकाले अहिले नै पार्टीलाई त्यतिकै छाड्न नहुने सल्लाह दिएको पार्टीका स्रोतहरु बताउँछन् । त्यो कुरामा चीन पनि कन्भिन्स रहेको छ । गगन थापा युवा नेता भए पनि भारत र चीनको रोजाइमा छैन । अमेरिका तथा युरोपियन युनियनको च्वाइसको नेता हुनुहुन्छ उहाँ ।
काँग्रेसको नेतृत्वमा गगन थापाको टिम आयो भने भूराजनीतिको हिसाबले नेपाल झन ओरालोतिर लाग्छ भनि बुझाई भारत र चीन दुवैको छ । त्यतिकै पनि काँग्रेसका कारण नेपालमा कम्युनिष्टहरु बलियो भएको बुझाइ भारतको रहेको छ । त्यही भएर सभापति देउवा नेपाल फर्केर काँग्रेसको बागडोर सम्हालेर पार्टीको महाधिवेशन आफ्नो हिसाबले गराउन खोज्नुभएको छ । उहाँले अगामी महाधिवेशनबाट सभापति छाड्नु हुन्छ तर त्यस ठाउँमा आफ्नो खास मान्छेलाई ल्याउनु हुन्छ । त्यो कुरा थाह पाएर गगन, शेखरहरु महाधिवेशनलाई टार्ने दाउमा रहेको बुझिएको छ । त्यही कारण केन्द्रीय समितिको बैठक लगातार रुपमा सरिरहेको छ । फागुनमा हुने चुनावभन्दा पहिले नै महाधिवेशन गर्ने नेताहरु अहिले विभिन्न बखेडा झिकि रहनु भएको छ ।
तपाईको प्रतिक्रिया