Khadya Bibhag

नयाँ नाटक घरमा ‘छुतहा घैल’

जनकपुरमा विद्यापति साँस्कृति भवन अन्तर्गत योगेन्द्र महेन्द्र नाटक घरको मंसिर १५ गते उद्घाटन गरिएको छ । मिनापले निर्माण गरेको सो नाटक घरको वरिष्ठ साहित्य डा.राजेन्द्रप्रसाद विमल र वरिष्ठ नाटककार महेन्द्र मलंगियाले एक कार्यक्रमबिच संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । सो नयाँ नाटक घरमा मलंगियाद्वारा लिखित नाटक मैथिली नाटक ‘छुतहा घैल’ को मञ्चन गरिएको छ ।
यो मैथिली नाटकले छ सय वर्षअघि मिथिला राज्यमा आएको फुटसँगै दुई राज्यका राजा काका भजिताको द्वन्द्वलाई प्रस्तुत गरेको थियो । नाटकमा रविन्द्र झा, रामनाराण ठाकुर, प्रियंका झालगायतले अभिनय गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया