नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रवासबाटै समृद्ध बनाउन सक्रिय नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत द्वारा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह–२०२५’ मंसिर २२ गते काठमाडौँमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले स्थापना गरेको ‘प्रतिभा पुरस्कार–२०२५’ बाट युवा कवि एवं पत्रकार विजेता चौधरी सम्मानित हुनुभएको छ । पत्रकार चौधरीलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ । एक लाख नगदसहित सम्मानपत्रसहित दोसल्ला ओढाएर चौधरीलाई उहाँलाई सम्मान गर्नुभएको हो । त्यस्तै सोही कार्यक्रममा ‘प्रतिभा विशिष्ट सम्मान–२०२५’ बाट वरिष्ठ कवि जसराज किराँतीलाई सम्मान प्रदान गरिएको छ । उहाँलाई पनि एकलाख रुपियाँ नगद र प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।
सन् १९८१ सालमा धनुषाको जनकपुरधाममा जन्मिनु भएका चौधरीले मैथिली भाषा साहित्य तथा नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहँदैआउनु भएको छ । पत्रकार चौधरी नेपालीमा स्नातकोत्तर र पत्रकारिता विषयमा स्नातक अध्ययन पूरा गर्नुभएको छ । उहाँका ‘धाराक विरूद्ध’ कविता सङ्ग्रह सन् २०१९ (मैथिली) र ‘कफ्र्यु’ कथा सङ्ग्रह सन् २०२० (मैथिली) तथा ‘चुप्पी चिकरैछ निःशब्ध निशब्ध’, २०२१, एक पंक्ति कवितासङ्ग्रह (लेखिकाद्वारा प्रथम प्रयोग) कृतिहरु प्रकाशित छन् । चर्चित साहित्यकार मनु ब्राजाकीकृत ‘तिम्री स्वास्नी र म’ को मैथिली अनुवाद ‘तोहर कनियाँ आ हम’ सन् २०२२ र ‘ऋतम्भरा’ नीरजा रेणु कृत मैथिली कथा सङ्ग्रहको नेपाली अनुवाद, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशोन्मुख रहेको छ ।
प्रमुख अतिथि काइँलाले पत्रकार चौधरीलाई मधेसी समाजको जीवन–संवेदना तथा भविष्यको आकांक्षालाई बोल्नु भएको र उदीयमान प्रतिभाका रूपमा मूल्यांकन गर्नुभयो । उहाँको चौधरीको साहित्यले मधेशी समाजको प्रतिनिधित्व गरिरहेको बताउँदै उहाँले प्रवासबाट पनि यस्ता प्रतिभालाई सम्मान गरेको देख्दा खुशीलागेको बताउनुभयो । सम्मानित पत्रकार चौधरीले कल्पनै नगरेको पुरस्कार पाउँदा अत्यन्त खुसी लागेको र यसले मातृभाषा र मधेशलाई सम्मानित गरेको महसुस भएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया