Khadya Bibhag

पवन सिंहलाई लरेन्सको धम्की

लरेन्स बिश्नोईले धम्की दिएको भन्दै भोजपुरी सुपरस्टार पवन सिंहले मुम्बई प्रहरीमा दुई वटा उजुरी दर्ता गराउनु भएको छ । फोन गर्ने अभियुक्तले पैसा माग गरेको बीग बोस कार्यक्रम छाड्न सर्त राखेको उजुरीमा उल्लेख गरेको छ । फोन गर्नेहरुले मागहरूमा सलमान खानसँग स्टेज साझा नगर्नुपर्ने, पैसा र अन्य मागहरू समावेश थिए । समाचार एजेन्सी आईएएनएसका अनुसार, पवन सिंहका दुवै उजुरीहरू अब अनुसन्धानको लागि मुम्बई अपराध शाखाको जबरजस्ती चन्दा विरुद्धको सेलमा पठाइएको छ ।
अधिकारीहरूले पुष्टि गरेका छन् कि धम्कीको स्रोत पत्ता लगाउन र अभिनेताको सुरक्षा सुनिश्चित गर्न अनुसन्धान भइरहेको छ । सलमानसँग स्टेज सेयर गर्दा गम्भीर परिणाम भोग्नुपर्नेछ । रिपोर्टमा थप भनिएको छ कि पवन सिंहलाई सलमानसँग स्टेज सेयर नगर्न चेतावनी दिँदै फोन आएको थियो ।
फोन गर्ने व्यक्तिले आफ्नो निर्धारित प्रस्तुति अगाडि बढाएमा गम्भीर परिणाम भोग्नु पर्ने धम्की दिएको आरोप छ । पवनलाई मात्र होइन, पवनका कर्मचारी तथा सचिवालयका सदस्यहरुलाई पनि धम्की आएको बताइएको छ । यद्यपी ‘बिग बॉस १९’ के ग्रैंड फिनालेमा पवन सिंहले अतिथीको रुपमा मात्र जानुभएको थियो । उहाँले आफ्नो गीतमा एउटा डान्स मात्र गर्नुभएको थियो । त्यो डान्स इन्टरनेटमा भाइरल भएपछि यस्तो धम्की आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया