कतिपय फिल्ममा दर्शक तान्नका लागि टेलरमा चाहिदो नचाहिदो कुरा राखेर प्रचार गरिएको हुन्छ । फिल्म सार्वजनिक हुनुभन्दा पहिले टेलर सार्वजनिक गर्ने चलन अहिले खुब चलेको छ । फिल्ममै नभएका कुरा टेलरमा देखाएर दर्शकलाई आकर्षण गरेको हुन्छ । त्यसमा कहिले दर्शकले आलोचना पनि गरेका हुन्छन् । हालै अभिनेत्री बेनिशा हमालले फिल्ममै नभएको कुरा देखाइएको टेलरको प्रचारमा आफू हिस्सा नबन्ने बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै हुँदै नभएको कुरा टेलरमा देखाएको त्यस्तो फिल्मलाई आफूले समर्थन पनि नगर्ने बताउनुभएको छ ।
‘यदि फिल्ममै नभएको कुनै कुरा केबल प्रचारका लागि टिजरमा देखाइन्छ भने, म त्यस्तो अभ्यासको समर्थन गर्दिनँ र त्यसको हिस्सा बन्न चाहन्नँ’, उउहाँले लेख्नुभएको छ, ‘तर परिस्थिति जस्तोसुकै भए पनि, मैले सधैँ मानिसहरूको मूल्य र मर्यादाको सम्मान गरेको छु । एक कलाकारको हैसियतले के साझा गर्ने र के नगर्ने भन्ने सिमाना स्पष्ट छ । फिल्मसँग सम्बन्ध नै नभएका विषय वा अरूको भावनालाई प्रचारका लागि प्रयोग गर्ने प्रवृत्ति प्रति म असहमत छु ।’
उहाँले १४ वर्षदेखि फिल्म क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै आफू सधैँ आफ्नो कामलाई सम्मान गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘म पेसागत आचरणमा विश्वास गर्छु र मानिसहरूको भावनाको सधैँ कदर गर्ने प्रयास गर्छु ।’ बिताएको १४ वर्षमा कहिले राम्रो टिम र कहिले कहिले कम पेसागत टिमसँग काम गरेको अनुभव आफूसँग रहेको समेत उहाँले बताउनुभयो । बेनिशा अभिनित पछिल्लो फिल्म ‘बिगुल’ को टेलर अहिले सार्वजनिक भएको भएको छ । टेलरमा सार्वजनिक भएको केही समयमै बेनिशाले दिएको अभिव्यक्तिलाई धेरैले फिल्मप्रति लक्षित भनेका छन् ।
तपाईको प्रतिक्रिया