Khadya Bibhag

अविरल वर्षाले गर्दा मधेशमा २४ करोड रुपियाँभन्दा बढीको क्षति

प्राकृतिक विपत्ले यस वर्ष मधेसमा खाद्यान्न उत्पादन गम्भीर रूपमा प्रभावित भएको छ । गत कात्तिकमा परेको अविरल वर्षाले धानदेखि तरकारी, दलहन, तेलहन र आलुजस्ता नगदे बालीसम्म ठूलो क्षति पु¥याएको छ । यसअघि असार–साउनमा पानी नपर्दा धान रोपाइँ प्रभावित भएकै अवस्थामा भित्र्याउने बेलामा आएको वर्षाले किसानहरू दोहोरो मारमा परेका छन् ।

महोत्तरीका किसान राजकुमार मण्डल भन्नुहुन्छ, “धान भित्र्याउने तयारीमै थियौँ, तर एकैछिनको पानीले सबै धान खेतमै नष्ट भयो । अब वर्षभरि कसरी गुजारा गर्ने हो, केही अत्तोपत्तो छैन ।” कृषि ज्ञान केन्द्र महोत्तरीका प्रवक्ता अविरल महतोका अनुसार जिल्लाको ४० हजार ३२१ हेक्टर धानयोग्य क्षेत्रमध्ये खडेरीका कारण ३० हजार हेक्टरमा मात्र रोपाइँ भएको थियो। रोपिएका बाली पनि कटानीको समयमा परेको असिनासहितको वर्षाले ठूलो मात्रामा नष्ट भएको केन्द्रले जनाएको छ । गत वर्ष एक लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएको महोत्तरीमा यस वर्ष २०–२५ प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ ।

महोत्तरीका अर्का किसान धर्मनाथ यादव पनि राहत नपाएको गुनासो गनुहुन्छ । “सरकारले राहत दिने भन्यो, तर कहाँ छ त्यो राहत ? कसैले पत्तो दिएको छैन,” उहाँले भन्नुभयो, । किसानहरूले तत्काल क्षतिको मूल्यांकन, राहत प्याकेज, बिउ–बिजन सहयोग र राहत कर्जा उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत रोविन बस्नेतले संघीय सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पनि बजेट अभावले राहत वितरण अघि बढ्न नसकेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “आवश्यक बजेट नपुगेका कारण धेरै किसानका आवेदन रोकिएका छन् ।” बस्नेतका अनुसार तीन महिनाका लागि घोषित सुक्खाग्रस्त क्षेत्रको अवधि सकिएकोले अब त्यसबारे मन्त्रालयले थप निर्णय लिनेछ ।

मधेस प्रदेशमा चालू आर्थिक वर्षमा तीनज लाख १९ हजार ६२६ हेक्टरमा धान लगाइएको मन्त्रालयले जनाएको छ । सुक्खाका कारण विगतका वर्षको तुलनामा धान रोपाइँ क्षेत्रफल यस वर्ष घटेको छ । यता, कात्तिक १३–१५ गते बीच परेको अविरल वर्षाले मधेस प्रदेशमा मात्रै २४ करोड २२ लाख रुपैयाँभन्दा बढीको कृषि क्षति भएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।


त्यस्तै सप्तरीमा १३२ मेट्रिक टन बराबरको केरा भएको छ भने महोत्तरीमा ९००, सर्लाहीमा एक हजार १२५, बारामा एक हजार ३५ मेट्रिक टन उखु नष्ट भएको छ । समग्रमा, सुक्खा र अविरल वर्षा—दुवैको दोहोरो प्रभावले मधेस प्रदेशको कृषि क्षेत्र यो वर्ष गम्भीर सङ्कटमा परेको छ, तर किसानहरूले आवश्यक राहत अझै पनि पाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया