Khadya Bibhag

लक्ष्मण थारुलाई पार्टीबाट निष्काशन गरिएको विज्ञप्ति

आदरणीय पत्रकार बन्धुहरु,
जय थरुहटको अभिवादन
दानापानीमा खरिद बिक्रीको कुलत लागेका, सुरा र सुन्दरीमा निर्लिप्त भई चरित्रहत्या भईसकेका, आफ्नै नेतृत्वमा रहेको ५ वटा संगठन (थारु संयुक्त राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी, थरुहट स्वायत्त राज्य परिषद् र यस पार्टी) लाई आफ्नो धुलमुले, अक्षमता र नीहित स्वार्थका कारण धरासायी बनाउन सदा दुष्प्रयास गरी अधोगतिमा जान उद्दत रहने लक्ष्मण थारु हिंजो २०६९ साल असोज १८ गते देउखुरीमा एकाएक मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको पनि नाजायज प्रभावमा परी थरुहट तराई पार्टी समेत मधेसी जनाधिकार फोरम (लो.)मा समाहित भएको भनि दिएको अभिव्यक्ति र सदस्यता लिई प्रवेश गरेको कार्यप्रति थरुहट तराई पार्टी नेपालको गम्भिर ध्यानाकृष्ट भएको छ ।
थरुहट आन्दोलनको मूल मर्म भावना र यस पार्टीको समग्र विधि, विधान, घोषणापत्र र केन्द्रीय विस्तारित बैठकको निर्णय बिपरित कार्यहरु पटक पटक गरेको र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा सदस्यता लिई प्रवेश गरी पार्टी र थरुहट आन्दोलनप्रति ठूलो धोखा र राजनीतिक गद्दारी गरेको हुनाले आजैका मितिदेखि लागू हुनेगरी लक्ष्मण थारुलाई थरुहट तराई पार्टीको अध्यक्ष पद र साधारण सदस्यता समेत नरहने गरी बर्खाष्ट गरिएको छ । थरुहट तराई पार्टी नेपाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा समाहित नभएको व्यवहोरा सार्वजनिक गर्दै यस पार्टीका सम्पूर्ण केन्द्रीय पदाधिकारी तथा तहगत संगठनहरु एकबद्ध रहेकोले पार्टीको लक्ष्य उद्येश्य प्राप्तिको लागि बिचलित नभई उच्च मनोबलका साथ पार्टीको संगठन बिस्तारमा दिलोज्यान दिएर समर्पित हुन साथै थरुहट आन्दोलन र पार्टीमाथि लक्ष्मण थारुले गरेको राजनीतिक धोखादारी, गद्दारीलाई निर्ममताका साथ चिरफार गर्न सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा सादर अनुरोध गर्दछौं ।
वर्तमान गृहमन्त्री विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले पार्टी संगठन बिस्तारको नाममा आफ्नो पदिय शक्ति र पैसाको आडमा पटक पटक थरुहट आन्दोलनका नेताहरुलाई खरिद बिक्रि गरी टुटाई फुटाई राज गर्ने र थरुहट मुद्दालाई कमजोर बनाई मधेसीकरण गर्ने रणनीति अक्तियार गर्दै आएको प्रति खेद प्रकट व्यक्त गर्दै घोर भर्तसना गर्दछौं । र यस्ता खाले हर्कतले जोकोहीको पनि मनोकांक्षा कहिल्यै पूरा हुन नसक्ने सत्यता प्रति ध्यानाकर्षण गराउन चाहन्छौं ।
नेपालको राष्ट्रियता, अखण्डता, स्वतन्त्रता, स्वाधिनता र समग्र थरुहट तराईको अस्तित्व, पहिचान र अधिकारको लागि गरिएको थरुहट आन्दोलनका वीर शहीद, हजारौं घाइते र लाखौं समर्थक तथा शुभचिन्तकहरुको मनोभावनामा ठेस पु¥याई लक्ष्मण थारु र योगेन्द्र थारु जसरी मधेसी जनाधिकार फोरममा प्रवेश गरेका छन्, सोही गतिमा दुबैको नैतिकता, इमान्दारिता र राजनैतिक चरित्र समाप्त भएको छ । यसर्थ दुबैलाई राजनैतिक तथा सामाजिक बहिष्कार गर्नको लागि सार्वजनिक अपिल गर्दछौं ।
का.वा. अध्यक्ष भानुराम थारु, बरिष्ठ नेता गोपाल दहित, उपाध्यक्ष हरिनारायण चौधरी, महासचिव नन्द कुमारु थारु, सचिव मिनराज चौधरी, कोषाध्यक्ष खड्क बहादुर चौधरी
केन्द्रीय सदस्यहरु
देवमान चौधरी, रामप्रसाद थारु, गंगा थारु, जवाहरलाल चौधरी, त्रिलोकीनाथ फौजदार, किर्ती बहादुर थापा मगर, गणेश प्रसाद थारु, पूर्ण बहादुर चौधरी, राधेश्याम चौधरी, कन्हैयालाल चौधरी, हरिलाल चौधरी, सोनु थारु, नारायणी चौधरी, एनआर चौधरी, मोहम्मद क्यू हलवाई, बलिराम चौधरी, माधव चौधरी, राजमती चौधरी, मनिराम चौधरी, जगन्नाथ चौधरी, दिनेश फौजदार, जगवीर थारु, रेशम थारु, धनीराम चौधरी, जगन्नाथ थारु, जर्नादनसिंह थारु, महेन्द्र प्रसाद थारु, रामचन्द्र चौधरी, सोमत्ती चौधरी, मुन्नी चौधरी, सिता चौधरी, ईश्वरी चौधरी, पुरन प्रसाद चौधरी सल्लाहकार
ईति सम्बत २०६९ असोज १९ गते रोज शुक्रबार

तपाईको प्रतिक्रिया