Khadya Bibhag

जेनजी पुस्तः “भोट हाल्न योग्य भएँ, तर प्रतिनिधित्व गर्न अयोग्य”

काठमाडौँ फागुन १५ गते

काठमाडौंको एक कलेज क्यान्टिनमा मोबाइल स्क्रोल गर्दै २२ वर्षीया समिरा (नाम परिवर्तन) प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार सूची हेनुहुन्छ । फेसबुक र टिकटकमा उहाँले महिनौँदेखि जेनजी आन्दोलनका भिडियो सेयर गरिरहेकी हुन्थ्यो, ‘भ्रष्टाचारविरुद्ध, पुस्तागत परिवर्तनका पक्षमा, नयाँ राजनीतिक संस्कृतिको माग ।’

“हामीले आवाज उठायौँ, सडकमा उत्रियौँ, ट्रेन्ड बनायौँ,” उहाँ भन्नुहुन्छ, “तर उम्मेदवार सूची हेर्दा लाग्छ, यो आन्दोलन हाम्रो लागि होइन रहेछ ।” समिरा पहिलोपटक भोट हाल्ने उमेरमा हुनुहुन्छ । उहाँ जस्तै हजारौँ जेनजी युवाका लागि यो चुनाव ‘राजनीतिमा प्रवेश गर्ने ढोका’ हुनुपर्ने थियो । तर अधिकांश दलका उम्मेदवार अनुहार हेर्दा उहाँलाई आफ्नै भविष्यभन्दा आफ्ना बुवाआमाको पुस्ता देखिन्छन् ।
“हामीलाई मतदाता चाहियो, उम्मेदवार होइन,” उहाँ गम्भीर भएर भन्नुभयो, “दलहरूले हामीलाई त्यहीँ सीमित राखेका छन् ।”
जेनजी आन्दोलनको बेला समिरा हरेक कार्यक्रममा सक्रिय हुनुहुन्थ्यो । प्लेकार्ड बनाउनेदेखि मिडियासँग बोल्नेसम्म । उहाँहरूलाई लाग्थ्यो, अब दलहरू बाध्य हुनेछन्, नयाँ पुस्तालाई अघि सार्न ।

Gen Z-led protests put Nepal's 1st woman leader in power : NPR
तर समानुपातिक र प्रत्यक्ष उम्मेदवार सूची सार्वजनिक भएपछि त्यो विश्वासमा ठोस पुग्यो । केही नयाँ दल, जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी पुस्तालाई केही स्थान दिए पनि अन्य दलको अवस्था झन निराशाजनक छन् । “१३ जना, सात जना भनेर संख्या सुनिँदा धेरै जस्तो लाग्छ,” समिरा भन्नुहुन्छ, “तर संसदको आकार र हाम्रो जनसंख्या हेर्दा त्यो त सांकेतिक मात्र हो ।”

उहाँ भन्नुहुनछ, ‘‘जेनजीको माग केवल उमेरको प्रतिनिधित्व होइन । हामी फरक तरिकाले सोच्न चाहन्छौँ, जलवायु, रोजगारी, मानसिक स्वास्थ्य, डिजिटल अधिकार । तर यी विषय उठाउने मान्छे नै सूचीमा छैनन् भने नीति कसरी बदलिन्छ ?”

उहाँका अनुसार धेरै युवालाई पार्टीभित्रै अघि बढ्न संरचनात्मक अवरोध छ । टिकट पाउन ‘समय’, ‘सम्बन्ध’ र ‘पृष्ठभूमि’ चाहिन्छ । जसमा जेनजी पुस्ता कमजोर छ । “चुनाव आयो भने उत्साहित हुनुपर्ने हो,” उहाँ भन्नुहुन्छ, “तर अहिले त अलमल छ—भोट हाल्नुको अर्थ के हो ?”
उहाँले भोट हाल्ने निर्णय अझै लिनु भएको छैन । दलहरूप्रति होइन, लोकतन्त्रप्रति निराशा बढेको बताउनु हुन्छ । “यदि मेरो पुस्तालाई निर्णय प्रक्रियाबाटै बाहिर राखिन्छन् भने भोलि राजनीतिमा भरोसा कसरी बस्छ ।” उहाँले भन्नुभयो ।

नेपाल मधेस फाउन्डेशन (नेमाफ)ले गरेको अध्ययन अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अरु दलभन्दा बढी जेनजी पुस्तालाई स्थान दिएको छ । रास्वपामा जेनजी समूहका १३ जना छन् भने डा. सीके राउत नेतृत्वको जनमत पार्टी र हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सात–सात जना उम्मेदवार बनाएका छन् ।

What to know about the Gen Z uprising in Nepal this week
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र लिङदेन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा दुई–दुई जना जेनजी पुस्ताका उम्मेदवार बनाएका छन् । केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेले एक जना पनि जेनजी पुस्तालाई राखेको छैन । गगन थापा नेतृत्वको नेपाली कांग्रेस, पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी र उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपालले एक–एक जना उम्मेदवार बनाएका छन् ।

यी ९ वटा दलबाट जेनजी पुस्ताका जम्मा ३४ जना उम्मेदवार छन् । दलहरूको समानुपातिक उम्मेदवारमा जेनजी र युवा समूहभन्दा पाका र बुढा उम्मेदवारहरू धेरै छन् । प्रत्यक्षतर्फ कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो पार्टीले सबैभन्दा बढी जेनजी पुस्तालाई स्थान दिएको छ । प्रत्यक्षमा परेको उम्मेदवारीमध्ये सात प्रतिशत उम्मेदवार जेनजी उमेरका छन् । रास्वपा र जनमत पार्टीले जेनजी समूहका पाँच–पाँच प्रतिशतलाई स्थान दिएका छन् । श्रम संस्कृति पार्टी तीन र राप्रपाले २ प्रतिशतलाई उम्मेदवार बनाएको छ । प्रत्यक्षतर्फ नेकपा (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले जेनजी उमेर समूहलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छैन ।

तपाईको प्रतिक्रिया