काठमाडौँ वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) फेसबुकमा सबैभन्दा धेरै पछ्याइने नेपाली बन्नुभएको छ ।
बुधबार बेलुका ५ बजेसम्म उहाँको फेसबुक फलोअर्स संख्या ४३ लाख ५१ हजार ३७४ पुगेको छ। यससँगै उहाँले दोस्रो स्थानमा रहेकी जनकपुरकी कन्टेन्ट क्रिएटर सान्भी भगतलाई उछिनु भएको छ । जसको फलोअर्स संख्या ४३ लाख २० हजार ८५६ रहेको छ।
यसअघि गत १९ माघमा बालेनले अभिनेत्री रेखा थापालाई उछिन्दै शीर्ष स्थानतर्फ उकालो लाग्नुभएको थियो । रेखा थापाको हालको फलोअर्स संख्या ३४ लाख ४९ हजार रहेको छ ।
हालै सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार बालेनले आफ्नो आम्दानीको एक स्रोत सामाजिक सञ्जाल रहेको उल्लेख गर्नुभएको छ । र्याप गायनबाट उदाउनु भएका बालेनको फेसबुक पेज ‘म्युजिसियन र ब्यान्ड’ श्रेणीमा सूचीकृत रहेको छ।


तपाईको प्रतिक्रिया