Khadya Bibhag

रास्वपाका उम्मेदवार साहको उम्मेदवारी रद्द

काठमाडौँ फागुन १९ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ।

निर्वाचन आयोग का कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण प्राप्त भएपछि साहको उम्मेदवारी खारेज गरिएको हो।

आयोगले आवश्यक कागजात र प्रमाणका आधारमा निर्णय लिएको जनाएको छ। उम्मेदवारी खारेज भएसँगै धनुषा–१ को चुनावी प्रतिस्पर्धामा नयाँ समीकरण बनेको छ।

अब उक्त क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का रामचन्द्र मण्डल, नेपाली कांग्रेसका राम पलटन साह तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मातृका प्रसाद यादव प्रतिस्पर्धामा रहेका छन्।

धनुषा–१ मा बिहीबार मतदान हुँदैछ। उम्मेदवारी खारेजीको निर्णयले चुनावी वातावरण थप चासोको विषय बनेको छ।

तपाईको प्रतिक्रिया