उपेन्द्र यादवमाथि फेरि अर्को षड्यन्त्र

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी सुदृढीकरण अभियान लिएर जिल्ला जिल्ला भौतारिरहेको बेला काठमाडौँमा उहाँको विरुद्धमा षड्यन्त्र सुरु भएको छ । पूर्व पश्चिम जिल्लाको यात्रामा रहनु भएको बेला पार्टीकै नेताहरु उहाँको विरुद्धमा षड्यन्त्र गरिरहनु भएको छ । पार्टीका केही सहयोगी साथमा लिएर विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेको बेला पार्टीका संरक्षक रहनु भएका महन्थ ठाकुर काठमाडौँमा छुट्टै गोप्य भेला बोलाएर उपेन्द्र यादवबिच छुट्टै मोर्चा बनाउने तयारीमा जुट्नु भएको छ ।
काठमाडौँको एक अज्ञात ठाउँमा केही दिन पहिले बोलाएको बैठकमा महन्थ ठाकुरलागयतका अन्य नेताहरु पुग्नुभएको थियो । छुट्टै मोर्चा बनाउने बारेमा छलफल गरिरहँदा उपेन्द्र यादव पार्टीको कार्यक्रम लिएर सिरहाको लहानमा हुनुहुन्थ्यो । संघीयता बचाउन अभियान सञ्चालन गर्नुपरो भनि अभिव्यक्ति दिइरहेको बेला यता महन्थ ठाकुरले काठमाडौँमा उपेन्द्र यादवलाई छाडेर तुरुन्त अर्को मोर्चा बनाउन कुराकानी गरिरहनु भएको थियो । त्यसमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पनि साथ दिनुभएको छ ।
उपेन्द्र यादवलाई बाहिर राखेर दलहरु मिलेर एउटा वृहत मोर्चा बनाउने र सो मोर्चामार्फत आन्दोलन गर्ने तयारी उहाँहरुको रहनुभएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो नेतृत्वमा एकता नभए सो एकतामा आफू नजाने स्पष्ट पारिसक्नुभएको छ । उहाँले आफू नेतृत्वमा पार्टी वा मोर्चाबन्दी भए मात्र एकता गर्ने स्पष्ट पारिसकेको अवस्थामा राजेन्द्र महतो, महन्थ ठाकुर, सिके राउत जस्ता नेताहरुले एकताका लागि प्रयास गरिरहनु भएको छ । तर त्यसको नेतृत्व कसले गर्ने कुरामा सहमति नबन्दा एकतामा ढिलाइ भइरहेको छ ।
उपेन्द्र यादव र राजकिशोर बिच दुरी
फागुन २१ गतेको चुनाव सम्पन्न भएपछि जसपा नेपालका नेता राजकिशोर यादवको पार्टीको कुनै पनि गतिविधिमा संलग्न देखिनुभएको छैन । बरु पार्टीकै विरुद्धमा विभिन्न गतिविधिहरु गरिरहेको स्रोतहरुले जनाएका छन् । पार्टीले अहिले मधेश प्रदेशका जिल्लाहरुमा अन्तरक्रिया तथा अभिमुखी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । हरेक कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव आफै पुग्ने गर्नुभएको छ । तर नेता राजकिशोर यादव कुनै पनि कार्यक्रममा सहभागी हुनुभएको छैन ।
यहाँसम्म उहाँको गृह जिल्लामा भएको कार्यक्रममा समेत उपस्थित हुनुभएन । उहाँ आफै मात्र होइन, उहाँका पक्षका कुनै पनि नेता सो कार्यक्रममा सहभागी नै हुनुभएन जब कि सिरहा उहाँको गृहजिल्ला हो । राजकिशोर यादव राष्ट्रिय नेता हुनुहुन्छ, उहाँको गृहजिल्ला सिरहा हो, सिरहाबाट पटक पटक चुनाव जित्नुभएको छ । मन्त्री हुनुभएको छ । तर आफ्नै जिल्लामा कार्यक्रम हुँदा पनि उपस्थित नहुनुले पार्टीमा उहाँ असन्तुष्ट हुनुहुन्छ भनि पुष्टि भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राजकिशोर यादवबिच पहिलादेखि नै राम्रो सम्बन्ध थिएन । सुरुदेखि नै उहाँ दुई जनाको बिचमा मतभेद थियो । अहिले आएर छताछुल्ल भएको छ ।

तपाईको प्रतिक्रिया