सहारा टाइम्स
काठमाडौं, भदौं १५ गते
रसुवा जिल्लामा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको उद्धारका लागि नेपाली सेना अग्रपंक्तिमा खटिएर कार्य गरिरहेको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत आज दिउँसो १ः३० बजेसम्म ३३० जना प्रभावितहरुको सफलताका साथ उद्धार गरिएको छ।

बाढीका कारण जलविद्युत आयोजनाका टनेलभित्र फसेका मानिसहरूको खोजी कार्यलाई सेनाले तीव्र पारेको छ। त्रिशूली–३ हाइड्रोपावरको टनेलमा करिब १५ मिटर मुगुसम्म पुगेर टोलीले कार्य गरिरहेको छ भने त्रिशूली ३ बी टनेलमा विज्ञ फौजसहितको टोलीले खोज उद्धार जारी राखेको छ। यस्तै, रसुवागढी हाइड्रोपावरको टनेलमा उद्धारका क्रममा संयुक्त टोली करिब २५० मिटरसम्म भित्र पुगे पनि कोही फेला नपरेपछि टोली फिर्ता भएको छ ।

हाल बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएका छन् । सैनिक टोलीहरू खोला, डाँडाकाँडा तथा स्थानीयका घरघरमा पुगेर समन्वयात्मक रूपमा निरन्तर खोज तथा उद्धार कार्यमा जुटिरहेका छन् ।


तपाईको प्रतिक्रिया