काठमाडौँ चैत २७–जनता समाजवावादी पार्टीको चैत ५ गतेस्थगित कार्यकारिणी समितिको बैठक अझै बस्न सकेको छैन ।
सत्ता समिकरण तथा पार्टीको सांगठनिक विषयमा छलफल गर्न चैत ५ गते बोलाएको बैठक अचानक गृहकार्य नपुगेको भन्दै स्थगित गरेको थियो । स्थगित बैठक होलीपछि मात्र बस्ने नेताहरुले त्यतिबेला प्रतिकृया दिनुभएको थियो ।
तर होली सकिएको पनि १० दिन विति सक्यो तर हालसम्म बैठक बस्ने छाँटकाँट देखिएको छैन । जसपा नेपालका नेता डा.सुरेन्द्र झाले पार्टीका नेताहरु काठमाडौँ बाहिर भएको हुनाले बैठकमा ढिलाई भएको बताउनुभयो । पार्टीको बारेमा केही समसामयिक तथा केही सांगठनिक निर्णय गर्नुपर्ने भएकाले बैठक बस्नुपर्ने हो तर नेताहरु बाहिर बाहिर भएको हुनाले त्यसमा ढिलाई भएको उहाँले बताउनुभयो ।
बैठक कहिले बस्ने अझै टुगों छैन । आज ३ काँग्रेस र माओवादी केन्द्रसँग हुने छलफलको बारेमा पनि पार्टीमा कुनै विचार विमर्श भएन ।



तपाईको प्रतिक्रिया