काठमाडौं फागुन ९ गते । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।
उहाँ आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लाग्नु भएको उहाँका नीजि सचिवालयले जनाएको छ ।
उहाँको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आउनुभएको थियो । अहिले चिकित्सकहरुले न्युरो(इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उहाँ दिल्लीमा त्यसको उपचारका लागि जान लाग्नुभएको हो । दिल्लीमा उहाँको उपचार ुइन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसुमा हुनेछ ।
उपचारका लागि दिल्लीमा रहँदा उहाँको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ । उपचारका क्रममा उहाँसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उहाँका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनुहुनेछ । उहाँ भोली एक बजे अस्पतालमा भर्ना हुनुहुनेछ ।



तपाईको प्रतिक्रिया