काठमाडौं फागुन ६ गते । प्रदेश २ सरकारले दलित विकास समिति गठन गरेको छ ।
प्रदेश २ मन्त्रिपरिषद्को बैठकले प्रदेश दलित सशक्तिकरण ऐनको प्रयोग गरी सो समिति गठन गरेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी गराए ।
समितिको उपाध्यक्षमा रामप्रवेश वैठा तथा सदस्यहरुमा सिराहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा, सिरहाकी सुनिता मरिक रहेका छन् ।
प्रदेश २ मा झण्डै १८ प्रतिशत जनसंख्या रहेको दलित समुदायसँग हुने विभेदलाई सम्बोधन गर्न प्रदेशस्तरीय संयन्त्र निर्माण भएको जनाइएको छ ।



तपाईको प्रतिक्रिया