सांगीतिक रियालिटी शो ‘एनआरएन द सिङ्गर’ प्रतियोगिता हुने

सांगीतिक रियालिटी शो ‘एनआरएन द सिङ्गर’ प्रतियोगिता आयोजना हुने भएको छ। विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २१ जुन देखि ‘एनआरएन द सिङ्गर’ प्रतियोगिता आयोजना गर्न लागेको हो। उक्त प्रतियोगितामा नेपाल र सार्क मुलुकहरू बाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपाली भाषीले भाग लिन पाउनेछन्।

प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेने आयोजकले जनाएको छ। शनिबार उक्त प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले भन्नुभयो, ‘एनआरएनए स्थापनाका प्रमुख उद्देश्यहरु मध्ये एक प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा जगेर्ना गर्नु रहेको छ। यो कार्यक्रम त्यसतर्फ एक कोशेढुंगा हुने मैले विश्वास लिएको छु।’ उहाँले कार्यक्रमलाई सफल पार्न सहयोगका लागि सबैलाई आग्रह पनि गर्नुभयो ।

एनआरएनए अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति नै गैरआवासीय नेपालीहरुको मूल पहिचान भएकोले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।

‘नेपाली सङ्गीतको अन्तर्राष्ट्रियकरण’

त्यस्तै विशिस्ट सङ्गीतकार शम्भुजीत बाँस्कोटाले आफुले जहिले पनि नेपाली सङ्गीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको र यो कार्यक्रमले अवश्य पनि नयाँ र राम्रा प्रतिभा हरु जनमा उने विश्वास व्यक्त गनुृभयो। उहाँले सन् १९८७ मा प्रज्ञा प्रतिस्ठानको डबलीबाट नेपालमै पहिलो पटक रियालिटी शो शुरु गरेको स्मरण गर्दै एनआरएनएले पुल जस्तो बनेर संसारभरि साहित्य र संगीतको माध्यमबाट सारा नेपालीलाई समेट्न खोजेको भन्दै प्रशंसा गर्नुभयो।

कार्यक्रममा निर्णयक मण्डलका सदस्य गायक शम्भु राई, गायिका शर्मिला बर्देवा, एनआरएनएका उपाध्यक्ष डा। बद्री केसी , महासचिव डा। हेमराज शर्मा, एनसीसी अमेरिकाका अध्यक्ष सुनील शाह, एनसीसी युके अध्यक्ष पुनम गुरुङ तथा मिडिया कमिटिका सहसंयोजक चिरन्जीवि देवकोटाले पनि कार्यक्रममा शुभकामना दिनुभयो ।

तपाईको प्रतिक्रिया