
काठमाडौँ जेठ १६ गते । जनता समाजवादी पार्टी नेपालमा दुवै अध्यक्षले एक अर्कालाई सोधेको स्पष्टिकरणको जवाफ कसैले कसैलाई दिनु भएको छैन । दुवैजना अध्यक्षले हिजो एक अर्कालाई २४ घण्टाभित्र स्पष्टिकरण दिन भन्नुभएको थियो ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई र अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई पार्टीको विधानको दफा ४९ अनुसार र राजनीति दल सम्बन्धी ऐनको दफा १८ अनुसार ुस्पष्टिकरण सोध्नुभएको थियो । २४ घण्टाभित्र जवाफ नआए कानुन अनुसार पार्टीबाट निष्काशितसम्मको कारवाही गर्ने चेतावनी उहाँहरुले एक अर्कालाई दिनुभयो ।
यसअघि जेठ ११ यस्तै यर्सैगरि दुवै पक्षले एक अर्कालाई स्पष्टिकरण सोध्नुभएको थियो । तीन दिनभित्र चित्त बुझ्दो जवाफ दिन भनिएको थियो । तर दुवै पक्षमध्ये कसैलाई कसैले कुनै जवाफ फर्काउनु भएन । अनि दुवैजनाले २४ घण्टे स्पष्टिकरण सोध्नु भएको हो ।
अध्यक्ष ठाकुरले उपेन्द्र यादवको प्रतिक्रिया कस्तो आउँछ त्यसको आधारमा कदम चाल्ने भनि पर्खेर बस्नु भएको छ भने अध्यक्ष यादव पार्टीको बैठक बसाएर कारवाहीको बारेमा निर्णय गर्ने भएको छ । अध्यक्ष यादवले कार्यकारिणी समिति वा पदाधिकारीको बैठकबाट कारवाहीको प्रकृया अगाडि बढाउने कार्यकारिणी सदस्य इस्तियाक राइले बताउनुभयो ।
२०७८ जेठ १५ गते जसपाका अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र महतोलाई सोधिएको २४ घण्टे स्पष्टिकरण
महन्थ ठाकुरले सोध्नुभयो उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टिकरण
२०७८ जेठ १५ गते दोस्रापटक महन्थ ठाकुरलाई सोधिएको २४ घण्टे स्पष्टिकरण (पत्रसहित)
२०७८ जेठ ११ गते जसपाका अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र महतोलाई सोधिएको तीन दिने स्पष्टिकरण
२०७८ जेठ ११ गते सर्वेन्द्रनाथ शुक्लालाई उपेन्द्र यादवले सोधेको स्पष्टिकरण (पत्रसहित)


तपाईको प्रतिक्रिया