सुटकेश र झोला लिएर निस्किदै मन्त्री सोनलले भन्नुभयो, ‘जनकपुरमा डेरा जमाएर बस्छु’

काठमाडौँ जेठ २४–जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेश २ सरकारबाट निकालिएका भौतिक पूर्वाधार विकास मन्त्रालयका निवर्तमान मन्त्री जितेन्द्र सोनलले आफू अब प्रदेशको राजनीति गर्ने र जनकपुरमा डेरा जमाएर बस्ने बताउनु भएको छ ।
सवा तीन वर्ष प्रदेश २ मा एउटा मन्त्रीको हैसियतमा दिनरात नभनि काम गरेको र आज मन्त्रीबाट हटेपनि यहाँको जनताका लागि काम गर्ने बताउँदै उहाँले भन्नुभयो, जनकपुरमा डेरा लिएर बस्छु, जनताको हितमा काम गर्छु ।’

जसपा नेपालका नेता तथा कार्यकतालाई अलिकति पनि मनोबल कम नगर्न उहाँले आग्रह गर्नुभएको छ । जुन जोश जाँगरका साथ सरकारमा रहेर काम गरेका थिए त्यही जोश उमगंका साथ काम हुनेछ, भन्नुहुँदै सोनलले मधेशी जनताले जुन साथ र सहयोग दिएका थिए त्यही साथ र सहयोग प्राप्त हुने बताउनुभयो ।

हिजो बसेको जसपा प्रदेश २ संसदीय दलको बैठकले सोनलसहित राज्यमन्त्री सुरेश मण्डल, अभिराम शर्मा, डा।डिम्पल झालाई सरकारबाट बर्खास्त गरिएको थियो ।

मन्त्री सोनलले क्वाटरबाट निस्किदा एउटा सुटकेश र एउटा झोला लिएर निस्किनु भएको छ । उहाँ बाइक चढेर प्रदेश २ सरकारको हेडक्वाटर मधेश भवनबाट निस्किनु भएको छ । मन्त्री सोनल जसपा नेपालका कार्यकारिणी समितिका सदस्य पनि हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया