उद्योग मन्त्री राजकिशोर यादवको गृह जिल्लामा भव्य स्वागत (फोटो फिचर)

काठमाडौँ जेठ ५ गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री राजकिशोर यादव हिजो आफ्नो गृह जिल्ला सिरहा पुगेपछि उहाँको भव्य स्वागत भएको छ । पार्टीको जिल्ला कमिटी तथा क्षेत्रका जनताहरुले उहाँलाई भव्य स्वागत गरेको छ ।
उहाँले हिजोको कार्यक्रमलाई सम्बोधन गर्दै देशमा कालोबजारी मौलाएको छ त्यसलाई समाप्त पार्ने आफूले ठोस कदम चाल्ने बताउनुभयो । व्यापारी व्यवसायीहरुको प्राथमिकतामा व्यवसायसँगै सेवा भाव र उपभोक्ताको हित हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘तर, त्यस्तो देखिएन । म यिनै अवस्थाको अन्त्यको लागि मन्त्री बनेको हुँ । देशमा अब कालोबजारी, महंगी र व्यापारीको मनोमानी चल्दैन ।’

ठूलठूला उद्योगहरुमा मनपरी र छाडापन बढेको भन्दै यसको चाँडै अन्त्य हुने उनले दावी गर्नुभयो । जनतालाई हित हुने गरी सेवा भावले मापदण्ड भित्र रहेर सञ्चालन हुने उद्योगलाई भने प्रोत्साहन गर्ने जिम्मेवारी सरकारको रहेको भन्दै यसमा कमि नहुने पनि मन्त्री यादवले बताउनुभयो ।

तपाईको प्रतिक्रिया